Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

पिछिडिएका समुदायलाई कोरोनाबारे सचेत गराउँदै मास्क वितरण

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा न. १६ नगवाको दलित बस्तिका बासिन्दालाई कोरोना भाइरसको बारेमा सचेत गराउदै मास्क समेत वितरण गरिएकाे छ ।

राष्ट्रिय जनता पार्टी नेपाल वीरगञ्ज महानगर कमिटिका अध्यक्ष ओमप्रकाश सर्राफले आज सो दलित बस्तिका बासिन्दालाई निशुल्क मास्क बितरण गर्नुका साथै सरसफाईमा ध्यान दिन आग्रह गर्नु भएकाे हाे । नगवाको दलित बस्तिमा शुरु गरिएको मास्क वितरण तथा सचेतना कार्यक्रमलाई ग्रामिण क्षेत्रमा पनि निरन्तरता दिइने भिजिट मधेशका राष्ट्रिय संयोजक समेत रहनुभएका सर्राफले बताउनुभयो ।

सरकारले २५ जना भन्दा बढीलाई एकै ठाउँमा भेला नहुन निर्देशन जारी गरेपछि सर्राफ नेतृत्वको टोलि सबै स्थानियको घर घरमा पुगेर मास्क वितरणका साथै कोरोनाभाइरसबाट जोगिन अपनाउनुपर्ने सावधानी तथा पुर्व तयारीको बारेमा जानकारी गराइएको हाे ।

भिजिट मधेशका पर्सा संयाेजक किशन सरार्फ, युवा नेता सन्ज्य पटेल, रन्जित पटेल, मुकेश पण्डित लगायतको टोलिले स्थानियलाई सजग भएर नियमित कामकारवाही गर्न र अत्यआवश्यक काम बाहेक घर बाहिर ननिस्किन पनि आग्रह गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...