Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

नारायणी अस्पतालमा उच्च शतर्कता

spot_img
spot_img

वीरगंज । नारायणी अस्पतालले उपचारका लागि आउने जो कसैलाई पनि थर्मल जाँच पछि मात्रै प्रबेस दिन थालेको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन अस्पतालले उपचारका लागि आउने सबैलाई गेटमै थर्मल जाँचको व्यवस्था मिलाएको छ । थर्मल जाँच गरेर मात्रै प्रवेश दिन थालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

थर्मल जाँचका लागि अस्पतालले ६ जना स्वयम् सेवक परिचालन गरेको छ । उनिहरू अस्पतालको गेटमा थर्मल चेकका लागि स्ट्याण्डवाई रहने पनि उहाँले बताउनुभयो ।

यस्तै अस्पतालको आइसोलेसन वार्ड र ओपिडि वार्डमा स्यानिटाइज गरिएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीको भिडभाड हुने भएकाले उच्च सतर्कता अपनाईएको सुपरिटेण्डेण्ट डा. उपाध्यायले बताउनु भयो ।

यता नारायणी अस्पतालकाे बन्द डायलासिस सेवा आज देखी सुचारु भएकाे छ । केमिकल अभावका कारण चैत ५ गते देखी बन्द रहेकाे डायलासिस सेवा पुन: संचालनमा आएकाे अस्पतालले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...