Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

विद्यार्थीहरुलाई निशुल्क मास्क वितरण

spot_img
spot_img

वीरगञ्ज । कारोना भाईरसको संक्रमणबाट बच्नका लागि मुनलाईट माविले आफ्ना विद्यार्थीहरुलाई मास्क वितरण गरेको छ । वीरगञ्ज कारागार तथा मुनलाईट माविको समन्वयमा विद्यार्थीहरुलाई मास्क तथा जनचेतनामुलक पर्चा प्रदान गरिएको हो ।

बुधबार बसेको नेपाल सरकारको कोरोना रोकथाम समन्वय समितीको निर्णय बमोजिम र प्याब्सन पर्साको आकस्मिक बैठकले जारी गरेको निर्देशनुसार विद्यालय अर्को सुचना जारी नहुन्जेल सम्मका लागि बन्द गरिएको छ । कारागार प्रमुख श्रवण कुमार पोखरेल, वडा नं ५ का अध्यक्ष प्रदिप चौरसियाको उपस्थितीमा विद्यार्थीहरुलाई मास्क तथा पर्चा प्रदान गरिएको थियो ।

विद्यार्थीहरुलाई प्रदान गर्न मास्क खरिद गर्न जाँदा बजारमा मास्कको अभाव देखिएका कारण एक सय ५० थान मास्क कारागार कार्यालय पर्साले सहयोग स्वरुप प्रदान गरेको विद्यालयका प्रबन्ध निर्देशक सुलभ के.सीले बताए । कारागारबाट मास्क प्राप्त भएपछि केही राहत महशुस भएको उनको भनाई छ ।

बजारमा भेटिएका मास्क उचित मुल्यभन्दा दोब्बर/तेब्बरमा खरीद गर्नुपरेको उनले बताए । सरकारले बजारमा कालोबजारी विरुद्धको अनुगमन तीब्र पारेको बताएपनि बजारमा कालोबजारी व्याप्त रहेको केसीको गुनासो छ । विद्यार्थीहरुलाई प्रदान गरिएका मास्क कारागार भित्र रहेका कैदिबन्दीहरुले बनाएको कारागार प्रमुख पोखरेलले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कारागार प्रमुख पोखरेलले बजारमा मास्कको अभाव भएका बेला कैदीबन्दीहरुले मास्क बनाउन सुरु गरेको बताए । उनका अनुसार बजारमा उचित मुल्यभन्दा दोब्बरमा मास्क बेचिएपनि कैदीबन्दीहरुले बनाएका मास्कको मुल्य बढीमा २० रुपैया कायम गरिएको छ् ।

महामारीका बेलामा विद्यालयले आफ्ना विद्यार्थीहरुलाई मास्क प्रदान गर्नु सराहनिय कार्य भएको भन्दै उनले विद्यालयको उच्च प्रशंसा गरेका थिए ।

कार्यक्रममा वडा नं ५ का अध्यक्ष चौरसिया, विद्यालयका प्रधानाध्यापक श्याम केसी लगायतकाले कोरोनाबाट बच्ने उपायका बारे प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण सञ्जारकर्मी उज्जवल घिमिरे गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...