Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नारायणी अस्पताल वीरगंजमा कर्मचारी माग

spot_img
spot_img

वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालले रिक्त रहेका विभिन्न २७ पदका लागि ५८ जना कर्मचारी भर्ना गर्न लागेको छ ।

फिजिसियन, रेडियोलोजिष्ट, साईक्याट्रिष्ट, प्याथोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत रिक्त रहेका विभिन्न २७ पदमा कर्मचारी भर्नाका लागि अस्पतालले सूचना प्रकाशित गरेको छ । चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७६ बमोजिम कर्मचारी भर्ना आह्वान गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा कमी आएकाले रिक्त रहेका पदमा भर्ना आह्वान गरिएको उहाँले बताउनुभयो । सबैभन्दा धेरै स्टाफ नर्स १८ जना, मेडिकल अधिकृत ८ जना, अनमी ४ जना माग गरिएको छ । अस्पतालले लामो समयपछि चिकित्सक र स्वास्थ्यकर्मी सार्वजनिक आह्वान मार्फत माग गरेको हो ।

यसअघि मेडिकल सुपरिटेण्डेण्टको सिफारिसमा नै कर्मचारी नियुक्त गर्ने गरिएको थियो । मेडिकल सुपरिटेण्डेण्ड डा.सुमन प्रसादको समयदेखि विज्ञापन आह्वान गरेर कर्मचारी भर्ना गरिएको छैन । त्यसपछि अस्पतालले पाँच जना मेडिकल सुपरिटेण्डेण्ट पाए पनि कसैले पनि सार्वजनिक सूचनामार्फत कर्मचारी भर्ना नगरेको अस्पतालका कर्मचारीहरु बताउँछन् ।

कर्मचारी आह्वानका लागि सूचना जारी हुने गरेको भए पनि विवाद ल्याएर स्थगित गर्ने परम्परा रहेको थियो । डा.चित्तरञ्जन साह मेडिकल सुपरिटेण्डेण्ट भएको समयमा नर्सिङका लागि गरिएको विज्ञापन आह्वान विवादका कारण स्थगित हुन पुगेको थियो । अस्पतालमा राजनीति बढी हुँदा मेसुहरुले राजनीतिक दलको आडमा विज्ञापन नै नगरी कर्मचारी राख्ने गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...