Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

मदिराका कारण सिमा क्षेत्रमा महिलाहरु असुरक्षित : प्रदेश सांसद तिवारी

spot_img
spot_img

जनकपुरधाम । प्रदेश २ की प्रदेश सांसद रानी तिवारीले मदिराका कारण सीमा क्षेत्रमा भारतीयबाट महिलाहरु असुरक्षित रहेको बताएकी छिन् । धनुषा लगायत प्रदेश २ का विभिन्न जिल्लामा घरेलु मदिरा पिउँदा २ दर्जन भन्दा बढी सर्वसाधारणको ज्यान गएपछि प्रदेश सभामा चर्चाको विषय र प्रदेश २ लाई मदिरामुक्त बनाउने प्रस्ताव पेश भएपछि सांसद तिवारीले मदिराले ज्यान जाने मात्रै नभई सीमा क्षेत्रमा महिला समेत असुरक्षित रहेको बताएकी छिन् ।

बैठकमा पेश भएको प्रस्ताव उपर सहमति जनाउँदै उनले भनिन्,–‘बिहारमा मदिरामा पूर्णरुपमा प्रतिबन्द लागेपछि अहिले सीमा क्षेत्रमा बिहारबाट मदिरा सेवन गर्नेहरुको मेला लाग्ने गर्छ, वडा कार्यालयबाट एउटा सिफारिसको आधारमा सीमा क्षेत्रमा जताततै मदिरा भट्टीहरु खोलिएको छ र मदिरापान गर्न सो भट्टीहरुमा आउने भारतीयहरुले स्थानीय महिलाहरुलाई अवहेलना समेत गर्ने गरेका छन्, त्यसको जिम्मेवार को ?’ भन्दै प्रश्न गरिन ।

उनले दिउँसो ४–५ बजेपछि महिलाहरुलाई सीमा क्षेत्रका गाउँहरुमा हिड्न गाह्रो र असुरक्षित महसुस गरिरहेकोले यसको जिम्मेवार कसले लिने प्रश्न गर्दै प्रदेशमा महिला हिंसा अन्त्य गर्न पनि प्रदेशलाई मदिरा मुक्त बनाउनु आवश्यक रहेको बताईन् ।

सांसद तिवारीले मृतकहरुले त रमाईलो गर्न मदिरा खानु भयो ना कि बाध्यतामा र प्रदेशमा मदिराका कारण पनि घर–घरमा महिलाहरु महिला हिंसाका सिकार बन्दै गईरहेका छन् त्यसैले पनि यो प्रस्ताव सराहनीय रहेको बताईन ।

अर्को प्रसंगमा सांसद तिवारीले यसअघिको एक बैठकमा पुरुष सांसदहरुले पराग, गुटखा खाएर आउने गरेपछि महिला सांसदहरुले आवाज उठाएपछि महिलाहरु लिपस्टिक किन लगाउँछन् त ? भन्ने जवाफमा उनले लिपस्टिकले त महिलाहरुको सौन्दर्यमा निखार ल्याउँछन् तर ती गुटखा र मदिराले ज्यान लिने गरेको बताईन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...