Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्सामा लामखुट्टे आतंक बढे, स्थानिय सरकाकाे ध्यान पुग्न जरुरी

spot_img
spot_img

वीरगंज । माैसम परिवर्तन संगै वीरगंज महानगर लगायत पर्साकाे अन्य स्थानिय तहमा समेत लामखुट्टे आतंक बढेकाे छ ।

वीरगंज महानगर लगायत ग्रमिण भेगकाे दक्षिण तथा सिमा क्षेत्रकाे स्थानिय तहहरुमा बढी लामखुट्टे आतंक बढेकाे स्थािनयहरुले वताएका छन् । जंगल नजिक र उत्तरी क्षेत्रमा रहेका स्थानियह तहहरुमा अलि कम लामखुट्टे आतंक रहेकाे छ ।

स्थानियहरुका अनुसार पर्साकाे वीरगंज महानगरपालिका, विन्दवासिनी गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, पाेखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, कालिकामाई गाउँपालिका, धाेबिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका लगायतकाे ठाउँमा लामखुट्टेहरुकाे विगविगी बढेकाे हाे ।

केही दिन यता लामखुट्टे आतंक बढे पनि सम्बन्धित सरकारकाे ध्यान पुग्न नसकेकाे स्थानियहरुले गुनासाे गरेका छन् । लामखुट्टेका कारण दिनमा समेत आफ्नाे घर र कार्यालय भित्र बस्न नसक्ने अवस्था रहेकाे स्थानियहरुकाे भनाई छ ।

लामखुट्टे धपाउन वीरगंज महानगरपालिकाले विगतकाे समय समयमा औषधी छर्ने काम गरे पनि केही समय यता त्याे पनि नगरेका कारण लामखुट्टे आतंक बढेकाे महानगरवासीहरु वताउँछन् । केही समय यता पर्साकाे ग्रामिण भेगहरुमा पनि लामखुट्टेकाे संख्यामा वृद्धि हुने थालेकाेले अन्य स्थानिय तहमा पनि लामखुट्टे धपाउन औषधी छर्नु पर्ने देखिन्छ ।

स्थानिय तहहरु संग त्याे गर्न सक्ने अधिकार रहेकाेले लामखुट्टे धपाउन औषधी छर्नु पर्ने ग्रुामिण भेगका गाउँ तथा नगरवासीहरु वताउँछन् । लामखुट्टे आतंक बढे संगै डेङ्गुकाे विरामी समेत बढन थालेकाेले समय मै सवधानी अपनाउन जरुरी रहेकाे उनीहरुकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...