Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

वीरगंज कारागारमा उच्च स्वास्थ्य सतर्कता, मास्क अनिवार्य

spot_img
spot_img

वीरगंज । वीरगंज कारागार भित्र कोरोना भाईरसको कारण उत्पन्न हुन सक्ने खतरालाई मध्यनजर गरी आइतबारबाट कैदीबन्दी भेटघाटलाई व्यवस्थित गर्दै उच्च स्वास्थ्य सतर्कता अपनाईएको छ ।

कारागार व्यवस्थापन विभागद्वारा वीरगंज कारागारलाई गरेको परिपत्र अनुसार एक जना कैदी बन्दीलाई परिवारको एक सदस्यले बढीमा १५ मिनेट उच्च स्वास्थ्य सतर्कताका साथ भेटन पाउने व्यवस्था गरिएको छ । कैदी बन्दी भेटन आउने परिवारजनका सदस्यले अनिवार्य रुपमा हात धुनुका साथै मास्क लगाएर आउनु पर्ने तथा कैदी बन्दीले पनि मास्क लगाएर भेटने व्यवस्था मिलाईएको वीरगंज कारागारका प्रमुख श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।

भेटन आउने व्यक्ति स्वस्थ्य हुनु पर्ने, ज्वरो, रुघा खोकी लागेको हुन नहुने, कुनै पनि किसिमको खाद्य पदार्थ अर्को सूचना नभईन्जेलका लागि ल्याउन नपाईने व्यवस्था मिलाईएको कारागारका प्रमुख पोखरेलले बताउनुभयो । उहाँका अनुसार आज देखी कैदीहरु र भेटन आउने आफन्तलाई समेत अनिवार्यक मास्क लगाएकाे हुने पर्ने छ ।

यता आज कारागारका सम्पूर्ण कैदीहरुलाई निशुल्क मास्क वितरण समेत गरिएकाे छ । कारागार व्यवस्थापन विभागद्वारा कारागारका सम्पूर्ण १३ सय १० जना कैदीहरुलाई निशुल्क मास्क वितरण गरिएकाे कारागार प्रमुख पाेखरेलले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...