Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

मिस नेपाल २०२० को वीरगंज अडिशन हुदै

spot_img
spot_img

वीरगंज । द हिडन ट्रेजरले आयोजना गर्न लागेको मिस नेपाल २०२० को लागि वीरगंज अडिशन यही चैत्र ४ गते हुने भएको छ ।वीरगञ्जमा आज आयाेजकले पत्रकार सम्मेलन गर्दै अडिशनको बारेमा जानकारी गराएको हो ।

यसअघि नेपालगञ्ज, बुटवल, पोखरा र बिर्तामोडको अडिशन भइसकेको र विगतमा वीरगंजबाट २ जनाले मिस नेपालको उपाधि हात पारीसकेको हुँदा यस वर्ष पनि उत्साहजनक सहभागिताको अपेक्षा सहित वीरगंज आयोजना गर्न लागिएको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिनुभयो ।

राजधानी केन्द्रित नभएर देशका मुख्य मुख्य शहरमा सबैलाई समेट्ने गरी देशका ८ वटा शहरमा सञ्चालन गरीने अडिशन अन्तर्गत यसअघि ४ वटा शहरमा भइसकेका छन् ।

अडिशनका लागि प्लस टु उतिर्ण गरेको र ५ फिट ४ इन्च उचाई भएका सबैले सहभागिता जनाउन सक्ने अध्यक्ष कर्णिकारले बताउनुभयो ।

वीरगंज अडिशनका लागि सोमबार वीरगंजकाे भिस्वा होटेलमा सहभागिहरुलाई अभिमुखीकरण दिइने र मंगलवार अडिशन हुने जनाइएकाे छ ।

मिस एसिया प्यासिफिक २०१४ निलम चन्दले सुन्दरी प्रतियोगिता क्षमता र प्रतिभा भएका युवतिहरुलाई कोषेढुंगा सावित हुने आफ्नो अनुभव सुनाउनुभयो ।

यस मार्फत कलाकारीता, समाजसेवा, लगायतका थुप्रै क्षेत्रमा प्रवेश गर्न सकिने बताउनुभयो । वीरगंज पव्लिक कलेजमा भएकाे पत्रकार सम्मेलनमा बीरगंज आयोजक सहयोगी रोट्रेक्टर आयुष गुप्ता लगाएतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...