Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पत्रकार दक्षताकाे लागि “आम संचार प्रतिष्ठान” बनाउ : उपाध्यक्ष पाेखरेल

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघका केन्द्रिय पदाधिकारीहरुले आज पर्साका संचारकर्मीहरु संग छलफल गरेका छन् । बाराका स्व. पत्रकार बिरेन्द्र साहकाे हत्या आराेपमा पक्राउ परेकालाई करावहीकाे सन्दर्भमा वीरगंज आइपुगेका नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पाेखरेल नेतृत्वकाे टाेलीले पर्साका पत्रकारहरु संग समेत छलफल गरेकाे हाे ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे भवनमा भएकाे छलफलमा पत्रकार साहकाे हत्याराले कुनै पनि वहानामा उनमुक्ति नपाउनु पर्ने, पत्रकार सुरक्षा र दक्षता लगायतकाे विषयमा क्षलफल भएकाे थियाे । छलफलमा पर्सेली पत्रकारहरुले नयाँ पत्रकारहरुकाे दक्षताकाे लागि महासंघकाे तर्फबाट तालिम प्रदान गर्नु पर्ने माग गरे । यसका साथै पत्रकारकाे सुरक्षाकाे अवस्था नाजुक र चुनाैतिपूर्ण रहेकाे जानकारी गराए ।

अक्राे प्रसंगमा पर्सेली पत्रकारहरुले नेपाल पत्रकार महासंघ पर्सा शाखाले नयाँ सदस्यताकाे लागि पत्रकार महासंघ प्रदेशलाई गरेकाे सिफारिसमा अनियमितता भएकाे वताउदै त्यसलाई सच्याउनु पर्ने माग गरेका थिए । पत्रकार महासंघकाे मापदण्ड अनुसार दरखास्त दिएका केही क्रियाशिल पत्रकारहरु पनि सदस्यताकाे सिफारिसमा नपरेकाले त्यसलाई सच्याउनु पर्ने उनीहरुकाे भनाई थियाे ।

पत्रकारहरुबाट उठेकाे प्रशन र जिज्ञासालाई सम्बाेधन गर्दै पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष पाेखरेलले आफुहरु “आम संचार प्रतिष्ठान” बनाउने पक्षमा रहेकाे वताए । उनले भने “सरकारले लगानी गराेस र पत्रकारलाई तालिम दिएर दक्ष बनाउ आफुहरुकाे चाहना रहेकाे छ ।”  अहिले सम्म पत्रकार आफैै लगानी गरी पत्रकार बनेकाे वताउदै उनले पत्रकारकाे दक्षताकाे लागि सरकारले लगानी गर्नु पर्ने धारण राखे ।

संविधानले दिएकाे अधिकार अनुसार प्रेस स्वतन्त्रता खाेस्न नदिने उनकाे भनाई थियाे । कुनै पनि सरकारलेे प्रेस माथी अंकुश लगाउन खाेज्ने गरेकाे इतिहास रहेकाे वताउदै त्यस्ताे हुन नदिन उनले विश्वास दिलाए ।

पत्रकार महासंघका केन्द्रिय सचिव रामप्रसाद दहालले सदस्यता वितरणकाे सवालमा महासंघ केन्द्र सम्म ठाउँ रहेकाे वताए । उनले भने “सदस्यता वितरणकाे सवालमा जिल्ला शाखाबाट फरक परे, प्रदेश शाखाले छानविन गरी त्यसलाई सम्बाेधन गर्न सक्छ  । त्यहाँ पनि भएन भने हामी छाैं, पत्रकार महासंघकाे सदस्यताकाे लागि मापदण्ड पुगेका क्रियाशिल पत्रकार काेही पनि महासंघकाे सदस्यताबाट बंचित हुदैनन् ।”

पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय काेषाध्यक्ष राजेश मिश्र, प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चाैहान लगायतकाले आ आफ्ना भनाई तथा धारणाहरु राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...