Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

बिन्दवासिनीमा स्वास्थ्य तथा प्रजनन् सम्बन्धि तालिम शुरु

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासनी गाउँपालिका वडा नम्बर ३ मा किशाेरी तथा गर्भवती महिलाहरुकाे लागि स्वास्थ्य तथा प्रजनन् सम्बन्धि ५ दिने तालिम शुरु भएको छ ।

बिन्दवासनी गाँउपालिकाको सहयोग र बिन्दवासनी डेभलप्मेन्ट एण्ड स्किल प्रालिको आयोजनामा वडा नम्बर ३ झौवामा तालिम सुरु भएकाे हाे ।  तालिमकाे गाँउपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले उद्घाटन गरेकी थिइन । कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी गुप्ता किशाेरी र महिलाहरुको स्वास्थ्य प्रजनन तथा पोषण सम्बन्धि तालिम लिई घर परिवारमा लागु गर्न सहभागिहरुलाई सुझाव दिइन ।

वडा नम्बर ३ का वडाध्यक्ष सलमा खातुनको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, शिक्षा अधिकृत कपिल लामिछानेले आ आफनो धारणा राखेका थिए । चैत ४ गते सम्म चल्ने तालिममा ३० जना महिलाहरुको सहभागिता रहेकाे आयाेजकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...