Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

क्यानडाकी प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस

spot_img
spot_img

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमणपछि पत्नीसँगै प्रधानमन्त्री पनि आइसोलेसनमा रहने भएका छन् ।

क्यानडेली प्रधानमन्त्रीका सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना भएको जनाएका छन् । प्रधानमन्त्री ट्रुडोलाई भने कोरोना देखिएको छैन । यद्यपि, पत्नीसँगै प्रधानमन्त्री ट्रुडो पनि १४ दिन आइसोलेसनमा रहनेछन् ।

‘सोफियामा कोरोना संक्रमण देखिए पनि उहाँले असजिलो महसुस गर्नु भएको छैन,’ त्यहाँका प्रधानमन्त्रीका सञ्चार निर्देशकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सेल्फ–आइसोलेसनमा रहे पनि प्रधानमन्त्री ट्रुडोले पूर्ववत् ढंगले आफ्ना नियमित काम गर्ने उनको कार्यालयले जनाएको छ । यसैसन्दर्भमा उनले शुक्रबार आफ्ना नागरिकहरूलाई सम्बोधन गर्ने तय भएको छ ।

विश्वव्यापी रूप लिइरहेको कोरोनाले क्यानडामा १ जनाको ज्यान गइसकेको छ । देशका विभिन्न क्षेत्रका १४२ नागरिकमा यसको लक्षण देखिएको छ । बिहीबार मात्रै त्यहाँका ३२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...