Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

मैनपुर र बलुवा बिच पनि झडप, आधा दर्जन भन्दा बढी घाइते

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिकाको वडा नं. ३ मैनपुर र कालिकामाई गाउँपालिकाको वडा नं. ४ बलुवा बिच आज झडप भएको छ ।

झडपमा परि आधा दर्जन भन्दा बढी घाईते भएका छन् भने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मैनपुरका पवन पटेल, उमेश पटेल, रामशीष पटेल, शिवसागर पटेल लगयतका घाइते भएका हुन ।

मोबाईलको बिषयलाई लिएर दुई गाउँका दुई ब्यक्ति बिच भएको विवाद झडपमा परिणत भएको थियो । मैनपुरका रामप्रबेश पटेल र बलुवाका जितेन्द्र प्रसाद कलवार बिच मंगलबार विहान ९ वजे मोबाईलको विषयलाई लिएर विवाद भएको थियो । विवाद कै क्रममा दुबै जना विच हातपात समेत हुदा दुई गाउँ बिच नै झडप हुन पुग्यो ।

झडपलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय पोखरिया, जिल्ला प्रहरी कार्यालय पर्सा, इलाका प्रहरी कार्यालय कालिकामाई, प्रहरी चौकी सबैठवा लगायतका प्रहरी पुगेको थियो । दिबै गाउँ बिचको तनाव उग्र रुप लिए पछि झगडिया मैनपुरका रामप्रबेश र बलुवाका जितेन्द्रलाई प्रहरीले नियन्त्रण लिएको थियो । दुबै गाउँ बिच ढुंगामुडा समेत भएको थियो । ढुगांमुडा लागेर नै दुबै गाउँका केही ब्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लगे पछि दुबै गाउँका केही अगुवाहरु जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...