Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नारी दिवसकाे अवसरमा महिला कैदीहरुलाई सेनेटरी पैड

spot_img
spot_img

वीरगंज । नेकपा निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले आज वीरगंज कारागारमा रहेका महिला कैदीहरुलाई पैड वितरण गरेकाे छ ।

महासंघकाे वीरगंज महानगर समितिले नारी दिवसकाे अवसरमा पर्सा कारागार वीरगंजका महिला कैदिहरुलाई पैड बितरण गरेकाे विद्यार्थी नेता इशक कुमारले वताए । कारागारकी महिला चाैकीदार कुंवरलाई सेनेटरी पैड हस्तान्त्रण गरिएकाे उनले जानकारी गराए ।

महासंघकाे वीरगंंज महानगर अध्यक्ष करण पटेलकाे अध्यक्षता भएकाे कार्यक्रममा महासंघका केन्द्रिय सचिव सुभाष गुप्ता, केन्द्रिय सदस्य कुन्दन गुप्ता , महानगर कोषाध्यक्ष चन्द्रकिशोर राम, विद्यार्थी नेता इशक कुमार, कारागारका सुचना अधिकारी नवराज बस्ताेला लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यस्तै कोरोना भाइरसबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔ नाराका साथ कारागार भित्रका रुघाखोकी र ज्वरो प्रभावित करिव एक सय ४० बन्दिहरुको स्वास्थ्य परिक्षण गरिएकाे छ । प्रभावितहरु सामान्य अवस्थामा रहेको हुदा औषधि बितरण गरिएकाे कारागार कार्यालय पर्साले जनाएकाे छ ।

यसका साथै कारागार भित्र र बाहिर सचेतनाका लागि काेराेना भाइरस सम्बन्धि सन्देश उल्लेखित पम्प्लेट समेत बितरण गरिएकाे वताइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...