Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियामा खानेपानी तथा सरसफाई सम्बन्धी दिर्घकालिन योजना निमार्ण

spot_img
spot_img

वीरगंज । पर्साको पोखरीया नगरपालिकाले आज १५ बुंदे खानेपानी तथा सरसफाई स्वच्छता समबन्धी दिर्घकालिन योजना निमार्ण गरेको छ ।

पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारको अध्यक्षतामा नगरपालिकाको सभाहालमा भएको गोष्ठिमा निर्माण भएकाे खानेपानी तथा सरसफाई स्वच्छता समबन्धी दिर्घकालिन योजना सर्वसम्मत पास भएको उपप्रमुख सलमा खातुनले बताउनु भयाे । तथ्यांक संकल्नकर्ताको छनौट, खानेपानी योजना, बिधालयहरु, स्वास्थ्य संस्थाहरु, सार्वजनिक शौचालयहरु, लगायतका तथ्यांक संकल्न, वार्ड स्तरिय, छलफल, गोष्ठी, टोल, समुदाय, बस्तीबाट तथ्यांक संकल्न कार्य र सुचनाहरुको प्रबिष्टीकरण, प्रारम्भ खास्व योजना माथी वार्ड स्तरिय परामर्श गोष्ठी लगायत १५ बुद्धे कार्ययोजना बनाईएको हो ।

युनिसेफको सहयोग र पोखरीया नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा मुख्यमंत्री स्वच्छता अभियानका संयोजक सलाउदीन अहम्मद, सरसफाईका बिज्ञ होमनाथ आचार्य, वडाध्यक्ष लक्ष्मण साह, सोनालाल साह गोढ, बंका राउत कुर्मी, रामबाबु चौहान, ननद्यलाल कुर्मी, उमा साह, किशोरी साह, निमित प्रशासकिय अधिकृत बिजय कुमार झा, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह लगायतकाले मन्तब्य राखेका थिए ।

कार्यक्रममा बिज्ञ होमनाथ दवाडीले फोहोरबाट बेफाईदाको बारेमा प्रस्तुती गर्नु भएको थियो भने पोखरीया नगरपालिकाका सरसफाई संयोजक नरेन्द्र साहले पोखरीया नगरपालिकामा ५ हजार ९१ घरदुरी मध्ये ३ हजार ९ सय ६४ घरदुरीमा मात्रै शौचालय रहेको र ९ सय ९७ घरदुरीमा चर्पी नरहेको प्रस्तुती गर्नु भएको थियो ।

१ देखी १० नम्बर वडा सम्म रहेको प्रत्येक वडामा ३० देखी ३ सय सम्म शौचालय नरहेको कार्यक्रम संयोजक साहले प्रस्तुती गरेका थिए । कार्यक्रमकाे सहजीकरण समाजिक शाखाका प्रमुख बिनोद पाण्डेले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...