Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

“पत्र-पत्रिका सम्पादक समाज पर्सा” प्रति समाजका दुई सदस्य कै आपती

spot_img
spot_img

वीरगंज ।  वीरगंजबाट प्रकाशित दैनिक पत्र-पत्रिकाका सम्पादकहरुको भेलाबाट “दैनिक पत्र-पत्रिका सम्पादक समाज पर्सा” गठन भएको भनिएको प्रति समाज कै दुई सदस्यले आपती जनाएका छन् ।

समाजका सलाहकारमा नाम रहेका सर्वेक्षण दैनिकका सम्पादक किरण राज पाण्डे र समाजका सदस्य सहारा दैनिकका सह-सम्पादक नरेश सरार्फले आज छुटाछुटै प्रेस विज्ञप्ती जारी गर्दै आपती जनाएका हुन् ।

सर्वेक्षण दैनिकका सम्पादक पाण्डेले जारी गरेकाे प्रेस विज्ञप्तीमा  मिति २०७६/११/२१ गतेको संचार माध्यमबाट आफुलाई साे समाजकाे सलाहकारमा राखेको थाहा पाउदा आश्चर्य लागेकाे वताए छन् । उनले जारी गरेकाे प्रेस विज्ञप्तीमा सम्पादक भन्नाले कुनै पनि पत्रिकामा सम्पादकिय लेख्ने क्षमता सहित पत्रिकामा सम्पादक भन्ने जनाएको हुनु पर्ने र त्यस्तै सम्पादक भन्नाले जिल्ला प्रशासन र सुचना विभागको तथ्यांकमा सम्पादक उल्लेख भएको व्यक्तिलाई जनाउँछ उल्लेख छ ।

तर यहाँ योग्य रहेका सम्पादकहरुलाई मानमर्दन हुने गरी जिल्ला प्रशासन र सुचना विभागको तथ्यांकमा नरहेका व्यक्तिहरुलाई समेटी आफ्नो निहित स्वार्थ पुर्तिको लागि गरिएको सो समाज गठन प्रति घोर आपती जनाउदै उनले सो समाजको सलाहकारमा आफुलाई जानकारी समेत नगराई आफै मनपरी तरिकाले आफ्नो नाम समेत राखिएकोमा सो समाज संग कुनै सरोकार नरहेको सम्पादक पाण्डेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।

यस्तै सहारा दैनिकका सह सम्पादक सरार्फले छुट्टै प्रेस विज्ञप्ती जारी गर्दै आफ्नाे गम्भिर ध्यान आकर्षण भएको जनाएका छन् । उनले प्रेस विज्ञप्तीमा मार्फत फागुन २१ गते बुधबार संचार माध्यमबाट साे बारे आफु थाह पाएकाे र सो समितिको सदस्यमा आफ्नाे पनि नाम रहेको देखेर आश्चर्य लागेको वताएका हुन् ।

मेरो कुनै जानकारी र उपस्थित बेगर समितिमा नाम राखिएको प्रति मेरो गम्भिर आपती रहेको समेत उनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । आफ्नो निहित स्वार्थ पुर्तिको लागि गठन गरिएको सो समाज गठनले वीरगंजको दैनिक पत्र-पत्रिकाहरुका लागि कुनै अनुकर्णिय काम हुन नसक्ने र समाजको नाममा सिमित व्यक्तिले आफ्नो अधि पात्य स्थापित गर्ने उद्देश्यले गठन गरिएको अनुभुति मलाई भएकोले उक्त समिति संग मेरो कुनै सरोकार नरहेको सम्बन्धित सबैको जानकारीको राउन चाहेको सरार्फद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...