24.1 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

जिराभवानीकाे राष्ट्रिय वनमा पाठे बाघ मृत फेला

जिराभवानी । पर्साको डिभिजन वन कार्यालय अन्तर्गत रहेको राष्ट्रिय वन क्षेत्रमा आज एक पाठे बाघ मृत अवस्थामा फेला परेको छन् ।

जिराभवानी गाउँपालिकामा रहेको सब डिभिजन वन कार्यालय बसन्तपुर देखि सात सय मिटर उत्तरमा पाठे बाघ मृत अवस्थामा फेला परेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले वताए । मृत भेटिएकाे बाघको प्रकृति हेर्दा बाघ बाघमा जुधेर मरेकाे हुन सक्ने निकुञ्ज कार्यालयले जनाएको छ ।

घटना स्थलमा पन्चमुखी मध्यवर्ती उपभोक्ता समिति सुनाखरी मध्यवर्ती उपभोक्ता समितीका पदाधिकारी, डिभिजन वन कार्यालय बसन्तपुरको वन कर्मचारी, नेपाली सेना, निकुञ्ज प्रशासन पुगेकाे छ । स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा सर्जमिन मुचुल्का गरि सनाखत गर्ने प्रक्रिया भइरहेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:218. Generation time:7.009 sec. Memory consumption:82.76 mb