Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

राष्ट्रिय प्रारम्भिक कार्यक्रमकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन

spot_img
spot_img

वीरगंज । जिल्ला समन्वय समिती पर्साको आयोजनामा आज वीरगंजको भिस्वा होटलमा बसेको राष्ट्रिय प्रारम्भिक पढाई कार्यक्रमकाे बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन भएको छ ।

जिल्ला शिक्षा विकास समन्वय ईकाई पर्साका संयोजक फतबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम आर्थिक बर्ष २०७२।०७३ बाट शुरु भएको कार्यक्रम सकारात्मक र सफल भएकोले स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार संग निरन्तरता दिन सिफारिश गर्ने, पर्साका १४ वटा पालिकाहरुमा प्रध्यानाध्यापकहरुको नियमित बैठक गर्दै जाने र राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमका एजेन्डाहरुलाई नियमित रुपमा छलफल गर्ने र यस आर्थिक बर्ष तथा अगामी दिनमा जीटुजी तथा ईजीआरपी मार्फत सम्पन हुने क्रियाकलापहरुलाई तथा त्यसको कार्यन्वयन प्रक्रियाका बारेमा छलफल, अभिमुखिकरण गरी त्यसलाई प्रभावकारी रुपमा सम्पन गर्ने निर्णय गरेकाे राष्ट्रिय पा्ररम्भीक पढाई कार्यक्रमका जिल्ला संयोजक भरत सहनीले बताउनु भयाे ।

बैठकमा शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, शिक्षक अभिभावक संघका अध्यक्ष अमर गौतम, र पर्साका १४ वटा स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत र शिक्षा तथा समाजिक शाखाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेका थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...