Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

२० बर्ष पुगे, नपुगेको विवाहका लागि सिफारिस लिनु पर्छ : प्रमुख राैनियार

spot_img
spot_img

पर्सा । पोखरिया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले अब प्रत्येक वडाबाट २० बर्ष पुगेको नपुगेको विवाहका लागी अनुमती सहितकाे सिफारिसपत्र लिनु पर्ने अनिवार्य गर्नु पर्ने बताउनु भएको छ ।

नगरपालिकाको सभाहालमा मंगलबार भएकाे बालविवाह अन्तयका लागी राष्ट्रिय रणनिती कार्यदलको कार्यक्रमलाई सम्बाेधन गर्दै यस्तो बताउनु भएको हो । विवाहका लागि हुने देखासुनी सके पछि विवाहको उमेर प्रमाणित गरेर मात्रै विवाह गर्न नगरवासीमा आग्रह समेत गर्नु भयो ।

पोखरीया नगरपालिकाकाकी उपप्रमुख सलमा खातुनको अध्यक्षतामा भएको कार्यक्रममा निमित कार्यकारी अधिकृत संजय पाण्डे, वडा नम्बर १ का अध्यक्ष बंका राउत कुर्मी, वडा नम्बर ९ का अध्यक्ष रामबाबु चौहान, पोखरीया नगरपालिकाका बालबालिका शाखा प्रमुख संदिप साह, समाजिक शाखा तथा शिक्षा शाखा प्रमुख बिनोद पाण्डे लगायतकाले आ आफ्ना धारणा राखेका थिए ।

कृपा संस्थाको आयोजनामा भएकाे कार्यक्रममा संस्थाका प्रमुख बृजकिशोर प्रसाद कुश्वाहाले पोखरीया नगरपालिकाले बालविवाह मुक्त नगरपालिका बनाउन अभियान संचालन गरेको, बालविवाह न्युनिकरण गर्न कार्यक्रम संचालन गरेको र नगरपालिकाका युवाहरुको भुमिका सक्रिय रहेको प्रस्तुती गर्नु भएकाे थियाे । यसका साथै ६ वटा रणनिती कार्यदिशाा बारे छलफल र पालिकाले गर्न सक्ने बुंदाहरुकाे बारेमा बिस्तृत प्रस्तुती र छलफल गरेका थिए ।

कार्यक्रम पोखरीया नगरपालिकामा १८ महनिा देखी संचालनमा रहेको कार्यक्रमकी सहजकर्ता अन्जु चौहानले बताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...