Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

तस्करी नियन्त्रणमा आए पनि अवैध खसि, बाख्रा नेपाल भित्रदै

spot_img
spot_img

वीरगंज । वीरगंजकाे इनार्वा नाका भएर अवैध तरिकाले दिनहु सयाैं खसि, बाख्रा नेपाल भित्रि रहेकाे छ । प्रहरी कै मिलाेमताेमा अवैध खसि, बाख्रा भित्रने गरेकाे स्थानिहरुले वताएका छन् ।

पशु क्वारेन्टाइन कार्यालयकाे विना चेक जांच खसि बाख्रा चाेर बाटाेबाट नेपाल भित्रने गरेकाे प्रत्यक्षदर्शीहरु वताउँछन् । वीरगंज भन्सार स्थित रहेकाे सशसत्र प्रहरी कार्यालय गुल्म र इनार्वा प्रहरी चाैकीकाे मिलाेमताेमा खसी, बाख्रा भित्रने गरेकाे उनीहरु वताउँछन् ।

नेपाल सरकारकाे नियम अनुसार पशु क्वारेन्टाइनकाे विना चेक चाँच कुनै पनि पशुु चाैपाया अन्य मूलकबाट आफ्नाे मूलकमा ल्याउन पाइदैन् । तर विना चेक जाँच र विना भन्सारकाे दिनहु भित्रनुले प्रहरीकाे मिलाेमताे रहेकाे प्रमाणित गर्दछ ।

अवैध तरिकाले खसी, बाख्रा भारत भित्र्याउन बालबालिका प्रयाेग हुने गरेकाे छ । प्रत्यक्षदर्शीहरुका अनुसार २/३ जना बालबालिकाकाे समुहले एक पटकमा ४/५ वटा गरी एक दिनमा दर्जन पटक भन्दा बढी खसि, बाख्रा नेपाल भित्र्याउने गरेकाे देखिन्छ ।

नेपाल सरकारले यस्ता क्रियाकलाप प्रतिबन्धमा कडाई गरे पनि सिमा नाकामा खटेकाे प्रहरीले पैसाकाे लाेभमा गराउने गरेकाे वताइन्छ । पर्सा प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक गंगा पन्त आए देखी अन्य थाेककाे तस्करी नियन्त्रणमा आए पनि खसि, बाख्राकाे तस्करी रुकन सकेकाे छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...