Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

प्रशासकिय अधिकृत साहद्वारा हरिहरपुरमा सामुदायिक भवनकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. ३ हरिहरपुरमा आज सामुदायिक भवनकाे शिलान्यास गरिएकाे छ ।

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयकाे तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत निर्माण हुने भवनकाे शिलान्यास एक कार्यक्रमका विच प्रमुख प्रशासकिय अधिकृत राजु साहले गर्नु भएकाे हाे । उपभाेक्ता समिति मार्फत निर्माण हुन लागेकाे भवनकाे शिलान्यास गर्दै प्रमुख प्रशासकिय अधिकृत साहले समय मै काम सम्पन्न गर्न उपभाेक्ता समितिलाई निर्देशन समेत दिनुभयाे ।

मन्त्रालयकाे २५ लाखकाे बजेटले निर्माण हुन लागेकाे सामुदायिक भवनबाट वडा नं. ३ हरिहरपुर र वडा नं. ५ बिरन्चीबर्वाकाे समुदायलाई फाइदा पुग्ने गाउँपालिकाकाे याेजना शाखा प्रमुख सुनिल चाैनियारले वताउनुभयाे ।

शिलान्यास कार्यक्रममा वडा नं. ३ का अध्यक्ष संजय पटेल, वडा नं. ५ का अध्यक्ष पवन तिवारी, उपभाेक्ता समितिका अध्यक्ष दुखी राउत कुर्मी, सचिव राजदेव हजरा दुसाद लगायकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...