Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

फाेटाे पत्रकारिता तालिम तथा फाेटाे प्रदर्शनी सम्पन्न

spot_img
spot_img

वीरगंज । आधारभूत फोटो पत्रकारिता तालिम तथा प्रदेश २ स्तरीय फोटो प्रदर्शनी कार्यक्रम आज सम्पन्न भएकाे छ । वीरगंजमा आयाेजित ३ दिने फाेटाे पत्रकारिता तालिम र फाेटाे प्रदर्शनी सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई समापन गर्दै प्रदेश सांसद ओमप्रकाश शर्माले पत्रकारिता नभए देशलाई बचाउन नसकिने वताए । समापन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद शर्माले पत्रकारले गर्दा नै देश जाेगेकाे वताए । उनले भने “देश जाेगाउने पत्रकार नै हुन्, नत्र यहाँ देश बेच्नेहरुकाे पनि कमि छैन ।”

नेपाल फाेटाे पत्रकार महासंघका महासचिव हरि रेग्मीले पत्रकारिता अनुसासित र मर्यादित हुनु पर्ने वताए । तालिमबाट सिखेकाे कुरा व्यवहारमा लागु गर्दै अनुसासित पत्रकारिता गर्न उनले सुझाव समेत दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृ्ष्ण गिरीले पत्रकार आचारसंहिताकाे अधिनमा रहेर पत्रकारिता गर्नु पर्ने वताए ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहानकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गाेपाल केडिया, बरिष्ठ उपाध्यक्ष सुबाेध गुप्ता, महासचिव माधवराज पाल, नेपाल पत्रकार महासंघ  प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, नेपाल फाेटाे पत्रकार महासंघ पर्साका अध्यक्ष विजय चाैहान लगायतकाे बिशेष उपस्थिती रहेकाे थियाे ।

नेपा पत्रकार महासंघ प्रदेश २ का सचिव गुरु गाैतमले संचालन गरेकाे कार्यक्रममा फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम सर्राफाले धन्यावाद ज्ञापन गरेका थिए ।  समापन कार्यक्रम वीरगंज उद्याेग वाणिज्य संघकाे सभाहलमा भएकाे थियाे ।

तालिममा वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ, किरण पन्थ, बालकृष्ण थापा, विजय सिंह लगायतकाले प्रशिक्षण दिएका थिए ।

नेपाल पत्रकार महासंघ प्रदेश २ र नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को आयोजना तथा नेपाल पत्रकार महासंघ पर्सा र नेपाल फोटो पत्रकार महासंघ पर्साको सहआयोजनामा फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनी गरिएकाे थियाे । आयाेजकले वताए अनुसार तालिममा नेपाल पत्रकार महासंघ, केन्द्रिय तालिम विभागको सहयोग रहेको थियाे ।

वीरगंज मुर्ली स्थित नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा फाेटाे पत्रकारिता तालिम भएकाे थियाे भने वीरगंजमा उद्याेग वाणिज्य संघकाे सभा हलमा फाेटाे प्रदर्शनी भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...