Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

४२ किलोमिटर दौडको उपाधी सेनालाई

spot_img
spot_img

वीरगंज । नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि दौड’ वीरगन्ज म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जित्न सफल भएका छन ।

रक्षा मन्त्रालय, नेपाली सेना मध्य पृतनाको अगुवाई र मध्य पूर्वी पृतनाको सहयोगमा नं. २८ बाहिनी अड्डाको आयोजनामा भएको म्याराथानमा ४२ किलोमिटरको दौडको उपाधी भाट्ले जित्न सफल भएका हुन । उनले नगद १ लाख २५ हजार रुपैया र टिभिएस कम्पनीको अपाची मोटरसाईकल समेत हात पारेका छन । भाट् नेपाली सेनाका अमलदार हुन् । त्यसैगरी द्धितिय र तृतिय उपाधी पनि त्रिभुवन आर्मी क्लबकै सेनाले हात पार्न सफल भएका हुन् ।

द्वतिय हुनेमा क्लबका राजन रोकाया र तृतिय हरि कुमार रिमालले क्रमश १ लाख ५० हजार र १ लाख रुपैया नगद पुरस्कार पाएका थिए । रोकाया सेनाका सुवेदार हुन भने रिमाल सिपाही हुन् । विजेताहरुलाई प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी र नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापाले पुरस्कार प्रदान गरी सम्मान गरेका थिए ।

सेनाले आयोजना गरेको वीरगन्ज म्याराथान प्रतियोगिता मध्ये ४२ किलोमिटरको दौड बाराको पिलुवा स्थित नेपाली सेनाको बाहिनीबाट बिहान शुरु भएको थियो । पिलुवाबाट शुरु भएको दौड बाराकै कलैया, गढीमाई मन्दिर हुदै पुन कलैयाबाट वीरगन्जको चण्डी प्रसाद गण सेनाको ब्यारेकमा आई समापन भएको थियो ।

त्यसैगरी २१ किलोमिटरको दौडमा महिला र पुरुष दुवै तर्फबाट त्रिभुवन आर्मी क्लबकै खेलाडीहरुले उपाधी हात पारेका छन । प्रथम, द्वितिय र तृतिय महिला तर्फ क्रमश राजपुरा पछाई, फुलमती राना र विन्दा श्रेष्ठ, र पुरुष तर्फ गजेन्द्र राई, दिपक अधिकारी र रामजी बस्नेत भएका थिए ।

२१ किलोमिटरको दौडका प्रथम, द्वितिय र तृतिय हुने विजेतालाई क्रमश ७५, ५० र ३५ हजार नगद सहित प्रमाणपत्र उपलब्ध गराई सम्मान गरिएको थियो । १० किलोमिटरको दौडमा सिभिलियन तर्फबाट पुरुष र महिला प्रथम, द्वितिय र तृतिय क्रमश, सागर श्रेष्ठ, दिनेश वोगटी, प्रिन्स कुमार गुप्ता, सकुन्तला ठगुन्ना, मन्जु राउत र शिला थापाले जित हासिल गरेको थिए ।

त्यसैगरी विभागियबाट त्रिभुवन आर्मी क्लबकै महिला र पुरुष तर्फ प्रथम, द्वितिय र तृतियमा क्रमश पूर्ण लक्ष्मी न्यौपाने, सरस्वती भट्टराई, विर्सना कुमाल, कल्याण बानिया, गणेश ठकुरी र टंक कार्की भएका थिए । विजेताहरुलाई २०, १५ र १० हजारको दरले नगद र प्रमाण पत्र उपलब्ध गराई सम्मान गरिएकाे थियो ।

प्रतियोगितामा ४० बर्ष भन्दा माथिको ५ किलोमिटरको दौडमा प्रथम, द्वितिय र तृतियमा क्रमश जय नरेश सिंह, राजेश्वर कुमार र श्याम चौधरी भएका थिए । उनीहरुलाई २०, १५ र १० हजार नगद र प्रमाण पत्र उपलब्ध गराई सम्मान गरिएको थियो ।

प्रतियोगितामा जेष्ठनागरिकहरुलाई समेत सहभागिता गराईएको थियो । ७० बर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुको लागि १ किलोमिटरको दौड प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा सन्तोष महतो प्रथम भएका थिए । उनलाई नगद २५ हजार रुपैया सहित सम्मान गरिएको थियो । द्वितिय हुने अनिल मालाकार र तृतिय रमेश महतोलाई क्रमश २० हजार र १५ हजार रुपैया नगद उपलब्ध गराई सम्मान गरिएको थियो ।

वीरगन्ज महानगरपालिकाको संयोजकत्व, भिजिट नेपाल २०२० प्रदेश २ र वीरगन्ज उद्योग वाणिज्य संघको सह आयोजनामा गरिएको म्याराथान प्रतियोगितामा ५ हजार २ सय जनाले सहभागिता जनाएका थिए । जसमध्ये ४१ सय जनालाई नि:शुल्क टि सर्ट र टोपी उपलब्ध गराईएको थियो ।

“स्वच्छ देश—स्वस्थ मधेश” भन्ने मुल नाराका साथ ‘एकताको लागि दौड’ वीरगन्ज म्याराथन २०२० को आयोजना गरिएको थियो । म्याराथन प्रतियोगिताले प्रदेश २ मा खेलकुदको विकासमा टेवा पुग्ने, नयाँ खेलाडीको उत्पादन र पहिचान, विभिन्न निकायहरु संग सम्बन्ध विस्तार हुने र प्रदेश सरकारले संचालन गरेको स्वच्छता अभियानमा पूर्णरुपमा सहयोग पुग्ने उद्देश्य यो प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

१ किलो मिटर यात्रा देखि ४२ किलो मिटर म्याराथान दौड समावेश गरिएको थियो । ज्येष्ठ नागरिक, बालबालिका, महिला एवं फरक क्षमताका प्रतियोगीहरुका लागि विभन्न १४ समुहमा विभाजन गरिएको थियो । धावकहरुको सुरक्षाका लागि एम्बुलेन्स र हेलिकप्टरसमेत परिचालन गरिएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...