Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पकहा मैनपुरकाे युवककाे कलैयामा शव फेला

spot_img
spot_img

वीरगंज । बाराकाे कलैया स्थित भरत चाेकमा गएराती एक युवककाे शव फेला परेकाे छ । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवा निवासी मुनिलाल ठाकुरका ३० बर्षिय हृदेश शर्माकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।

चितवनकाे नारायणघाटमा बसी काम गर्दै आएका हृदेशकाे विहिबार राती ११ बजेकाे करिबमा शव फेला परेकाे हाे । फेला परकाे शव परिक्षणकाे लागि बाराकाे कलैया अस्पतालमा राखिएकाे बारा प्रहरीले जनाएकाे छ ।

फेला परेकाे शव बारे अनुसन्धान भइरहेकाे बारा प्रहरी प्रमुख कृष्ण पंगनीले वताए । उनले भने “घटना बारे हामी अनुसन्धान गर्दै छाैं, सिसि केमरा फ्रुटेजबाट हेर्दा गाडीकाे लाईट जस्ताे देेखिएकाेले, सवारी दुर्घटना हुन सक्छ । अहिले हामी प्रारम्भिक अनुसन्धामा रहेकाले केही भन्न सकिदैन् ।”

यता मृतकका आफन्तले कसैले मारेर फाेलेकाे हुन सक्ने वताएका छन् । उनीहरुले त्यसै कारण शव बुझ्न पनि मानेका छैनन् । युवककाे शेव फेला परेकाे खबरले सबैठवा गाउँ नै शाेकमा डुबेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...