Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पकहा मैनपुरकाे युवककाे कलैयामा शव फेला

spot_img
spot_img

वीरगंज । बाराकाे कलैया स्थित भरत चाेकमा गएराती एक युवककाे शव फेला परेकाे छ । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवा निवासी मुनिलाल ठाकुरका ३० बर्षिय हृदेश शर्माकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।

चितवनकाे नारायणघाटमा बसी काम गर्दै आएका हृदेशकाे विहिबार राती ११ बजेकाे करिबमा शव फेला परेकाे हाे । फेला परकाे शव परिक्षणकाे लागि बाराकाे कलैया अस्पतालमा राखिएकाे बारा प्रहरीले जनाएकाे छ ।

फेला परेकाे शव बारे अनुसन्धान भइरहेकाे बारा प्रहरी प्रमुख कृष्ण पंगनीले वताए । उनले भने “घटना बारे हामी अनुसन्धान गर्दै छाैं, सिसि केमरा फ्रुटेजबाट हेर्दा गाडीकाे लाईट जस्ताे देेखिएकाेले, सवारी दुर्घटना हुन सक्छ । अहिले हामी प्रारम्भिक अनुसन्धामा रहेकाले केही भन्न सकिदैन् ।”

यता मृतकका आफन्तले कसैले मारेर फाेलेकाे हुन सक्ने वताएका छन् । उनीहरुले त्यसै कारण शव बुझ्न पनि मानेका छैनन् । युवककाे शेव फेला परेकाे खबरले सबैठवा गाउँ नै शाेकमा डुबेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...