Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजमा आधारभूत फोटो पत्रकारिता तालिम सुरु

spot_img
spot_img

वीरगंज । वीरगंजमा ३ दिने आधारभूत फोटो पत्रकारिता तालिम शुक्रबार देखी सुरु भएकाे छ । नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा सुरु भएकाे तालिममा प्रदेश २ का ३० जना पत्रकारको सहभागिता छ ।

नेपाल पत्रकार महासंघ प्रदेश २ र नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को संयुक्त आयोजना तथा नेपाल पत्रकार महासंघ, पर्सा र नेपाल फोटो पत्रकार महासंघ, पर्साको सहआयोजनामा सुरु भएकाे तालिममा नेपाल पत्रकार महासंघ, केन्द्रीय तालिम विभागको सहयोग रहेको छ ।

तालिममा वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ, किरण पन्थ, बालकृष्ण थापा, विजय सिंहलगायतका प्रशिक्षण दिइरहेका छन् ।

यस्तै वीरगंज उद्याेवाणिज्य संघमा फाेटाे प्रदर्शनी समेत गरिएकाे छ । प्रतियोगितात्मक फोटो प्रदर्शनीमा प्रदेश २ को संस्कृति र पर्यटनसँग सम्बन्धित ५० वटा फोटो प्रदर्शनीमा राखिएको छ । मूल्याङ्कनमा पहिलो, दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने नेपाल फाेटाे पत्रकार महासंघ पर्साका अध्यक्ष विजय चाैहानले वताए ।

फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनीको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले उद्घाटन गरे । त्यस अवसरमा उनले व्यवसायिक पत्रकारिताका लागि व्यवसायिक र दक्ष फोटो पत्रकार आवश्यक पर्ने बताए ।

नेपाल पत्रकार महासंघ, प्रदेश नम्वर २ का अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा भएको उद्घाटन समाराेहमा नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष धु्रव आले, उद्योग वाणिज्य संघ, प्रदेश नम्वर २ का उपाध्यक्ष एवम् वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक बैद्य, फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, पर्साका अध्यक्ष श्याम बञ्जारा, वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधवराज पाल, भिजिट नेपाल पर्साका सदस्य मोहन प्रधान, फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम सर्राफ लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...