Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्सा गोल्डकपको उपाधी हेटौंडालाई

spot_img
spot_img

वीरगंज । पर्साको बढनिहारमा सञ्चालित प्रथम पर्सा गोल्डकप २०७६ को उपाधी हेटौंडा फुटबल एकेडेमीले जितेको छ । आयोजक पर्सागढी युवा स्पोर्टस क्लबलाई सडेन डेथमा पराजित गर्दै हेटौडाले उपाधी चुमेको हो ।

खेलको दोस्रो हाफ पछि भएको बर्षाको बाबजुद पनि निकै रोमाञ्चक बनेको खेलको निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी खेल टाईब्रेकरमा धकेलिएको थियो । पेनाल्टी सुटआउट ५/५ को बराबरी भए पश्चात् सडेन डेथमा हेटौडाले बाजी मारेको हो ।

नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौंडा र बीरगंज युथ एकेडेमीलाई हराउदै आयोजक क्लब फाईनल प्रवेश गरेका थिए ।

प्रतियोगितामा विजयी भएको हेटौंडाले एक लाख एक सय एकाउन्न रुपैया सहित ट्रफी पाए भने उप बिजेता बनेको आयोजक क्लबले पचास हजार एक सय एकाउन्न रुपैया सहित ट्रफी पाए । विजयी हुन सफल हेटौडा फुटबल एकेडेमीलाई कार्यक्रमका बिशिष्ट अतिथि समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले उपाधी हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सांसद सिंहासन साह कलवार, समाजवादी पार्टी पर्साका जिल्ला सचिव तवरेज अहमद, वडाध्यक्षहरु उद्धव बहादुर उप्रेती, सम्सुदिन साह देवान, नेकपा नगर अध्यक्ष गोकर्ण पाठकलगायतको उपस्थिती रहेको थियो ।

आयोजक क्लबका अध्यक्ष याम बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण योगेन्द्र चौधरीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...