Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

सयौ जुटे फोहोर उठाउन

spot_img
spot_img

सप्तरी । मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन इज्तिमाका कारण दुर्गन्धित बनेको सप्तरीको बोदे बर्साइन ५ जाँजरमा थुप्रिएको फोहोर राजविराज जेसीजलगायत नगरपालिका, विभिन्न संघ–संस्था, नागरिक र प्रहरीले मिलेर उठाउन सुरु गरेका छन् ।

नगरपालिकाको संयोजनमा राजविराज जेसीज, सप्तरी युथ नेपाल, इज्तिमा आयोजक समिति जाँजर, ग्रिन नेपाल, सबल नेपाल, विवेकशिल नेपाल, नयाँ समाज विकास प्रतिष्ठान, छिन्नमस्ता विकास केन्द्र, समग्र जनउत्थान केन्द्र लगायतका संघ–संस्थाआबद्ध व्यक्तिहरुले सरसफाई सुरु गरेका हुन् ।

सामुहिक सरसफाई कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाली सेनाको भिम दल गणको उल्लेख्य सहभागिता रहेको थियो ।

राजविराज जेसीजको तर्फबाट अध्यक्ष नानीमैया कटवालको नेतृत्वमा कार्यकारिणी उपाध्यक्ष मनिष दास, महासचिव खेलानन्द दास, उपाध्यक्ष मीना साह, जनसम्पर्क अधिकारी इमरान अली, सदस्य अमर यादवलगायतको सहभागिता रह्यो ।

आयोजकले दुई हजार दुई सय शौचालय निर्माण गरेपनि सहभागि सङ्ख्या एक लाख बढी भएकाले आसपासका क्षेत्रमा दिसाको र परालको थुप्रो, खाना खाएका प्लेट, प्लाष्टिकका बोतल र गिलासले भरिएको छ । बोदे बर्साइन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह यादवले ट्रयाक्टर र १० वटा हाते पम्पबाट भि भ्याक्स औषधी छर्कने, खाना र शौच पुर्ने र फोहोर संकलन गरी आगोले नष्ट गर्ने कार्य भइरहेको बताउनु भयो ।

एक सयभन्दा बढी विघा क्षेत्रफलमा फोहोर थुप्रिएकोले नगरपालिकाले मात्रै सरसफाई गरेर सम्भव नहुने देखेपछि सवैलाई सरसफाई कार्यक्रममा जुट्न नगरपालिकाले आग्रह गरेको छ । नगर प्रमुख यादवले सरसफाई कार्यक्रममा सहयोग र साथ दिनुहुने सम्पूर्ण सरकारी तथा गैर सरकारी संघ संस्थाप्रति आभार व्यक्त गर्नुभएको छ ।

गत फागुन ३, ४ र ५ गते आयोजना गरिएको धार्मिक सम्मेलन इज्तिमामा नेपाल भारतका एक लाख बढी मुस्लिम समूदायको सहभागीता थियो । ‘ठूलो परिमाणमा फोहोरको डुंगुर जम्मा भएर दुर्गन्ध फैलिएपछि आसपासका मानिसहरु विरामी पर्न थालेको र झिंगा, लामखुट्टेको प्रकोप बढेको स्थानीयवासी बताउँछन् ।

स्वयम्सेवी, अभियन्ताहरू तथा प्रहरीको सामूहिक सहभागिता निरन्तर सरसफाई भएमा फोहोर सफा गर्न करिब एक महिना लाग्ने राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालले बताउनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवाको ऊर्जा र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : रुपेश पाण्डे

वीरगंज । नेकपा एमालेका नेता रुपेश पाण्डेले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूमा शुभकामना व्यक्त गरेका छन् । युवा केवल भविष्य...

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...