Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

प्रधानमन्त्रीकाे जन्मदिन मनाउने शैलीकाे उनकै पार्टीका नेताद्वारा विराेध

spot_img
spot_img

वीरगंज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे जन्मदिन बढी तामझमका साथ मनाए पछि उनकै पार्टी निकटका एक विद्यार्थी नेतालेे बिराेध जनाएका छन् । नेकपा निकटका विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ताले प्रधानमन्त्री ओलीकाे जन्मदिन मनाउने शैलीकाे बिराेध गरेका हुन् ।

उनले आफ्नाे समाजिक संजाल फेसबुकमा प्रधानमन्त्री ओलीले आफ्नाे जन्मदिनकाे अवसरमा नेपालकाे नक्सा अंकित केक काट्दै जन्मदिन मनाउदै गरेकाे फाेटाे राख्दै कडा विराेध जनाउनुकाे साथै जन्मदिन बहिष्कार गरेकाे जनाएका छन् ।

उनले “सुंदर देश नेपाल एक सांस्कृतिक भौगोलिक हिसाबले एक थियो । तर यस्ता यस्ता visioney ले गर्दा देश टुक्रा टुक्रामा बिभाजन हूने स्तिथि छ। हाम्रो देश को अस्तित्तव माथी प्रहार हूँदै छ। त्यस कारण प्रधानमन्त्री ओलीकाे जन्मदिन बहिस्कर गर्छु ।” आफ्नाे समाजिक संजाल फेसबुकमा लेखेका छन् ।

यसका साथै उनले कालिका टाइम्स संग कुरा गर्दै प्रधानमान्त्रीले आफ्नाे गृह जिल्ला जन्मदिन मनाउन कै लागि हेलिकेप्टर चार्टर गरेर गएकाे कार्यकाे पनि विराेध गरे । उनले भने “पार्टीले केही दिन पहिला मात्र अंचारसंहिता निर्माण गरेकाे थियाे त्यसकाे स्वम् पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीबाट उलंघन भएकाे छ, याे देश र पार्टीकाे लागि राम्राे हाेइन ।”

यस्तै प्रधानमन्त्री ओलीकाे नेपालकाे नक्सा अंकित केक काटेर जन्मदिन मनाउने कार्यकाे चाैतर्फी आलाेचना भइरहेकाे छ भने समाजिक संजाल फेसबुकमा आलाेचना र बिराेधकाे बाढी नै देखिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...