Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

प्रधानमन्त्रीकाे जन्मदिन मनाउने शैलीकाे उनकै पार्टीका नेताद्वारा विराेध

spot_img
spot_img

वीरगंज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे जन्मदिन बढी तामझमका साथ मनाए पछि उनकै पार्टी निकटका एक विद्यार्थी नेतालेे बिराेध जनाएका छन् । नेकपा निकटका विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ताले प्रधानमन्त्री ओलीकाे जन्मदिन मनाउने शैलीकाे बिराेध गरेका हुन् ।

उनले आफ्नाे समाजिक संजाल फेसबुकमा प्रधानमन्त्री ओलीले आफ्नाे जन्मदिनकाे अवसरमा नेपालकाे नक्सा अंकित केक काट्दै जन्मदिन मनाउदै गरेकाे फाेटाे राख्दै कडा विराेध जनाउनुकाे साथै जन्मदिन बहिष्कार गरेकाे जनाएका छन् ।

उनले “सुंदर देश नेपाल एक सांस्कृतिक भौगोलिक हिसाबले एक थियो । तर यस्ता यस्ता visioney ले गर्दा देश टुक्रा टुक्रामा बिभाजन हूने स्तिथि छ। हाम्रो देश को अस्तित्तव माथी प्रहार हूँदै छ। त्यस कारण प्रधानमन्त्री ओलीकाे जन्मदिन बहिस्कर गर्छु ।” आफ्नाे समाजिक संजाल फेसबुकमा लेखेका छन् ।

यसका साथै उनले कालिका टाइम्स संग कुरा गर्दै प्रधानमान्त्रीले आफ्नाे गृह जिल्ला जन्मदिन मनाउन कै लागि हेलिकेप्टर चार्टर गरेर गएकाे कार्यकाे पनि विराेध गरे । उनले भने “पार्टीले केही दिन पहिला मात्र अंचारसंहिता निर्माण गरेकाे थियाे त्यसकाे स्वम् पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीबाट उलंघन भएकाे छ, याे देश र पार्टीकाे लागि राम्राे हाेइन ।”

यस्तै प्रधानमन्त्री ओलीकाे नेपालकाे नक्सा अंकित केक काटेर जन्मदिन मनाउने कार्यकाे चाैतर्फी आलाेचना भइरहेकाे छ भने समाजिक संजाल फेसबुकमा आलाेचना र बिराेधकाे बाढी नै देखिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...