23.5 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

क्षमता विकाश कार्यशाला सम्पन्न

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकामा स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुकाे लागि आयाेजित ३ दिने क्षमता विकाश कार्यशाला सम्पन्न भएकाे छ ।

अमेरिकी अन्तराष्ट्रिय विकास नियाेगकाे सहयाे र बहुदरमाई नगरपालिकाकाे आयाेजना भएकाे कार्यशाला सम्पन्न भएकाे हाे । डकैला बहुअरी स्थित गाउँ कार्यपालिकाकाे कार्यालयमा भएकाे कार्यशालामा १७ वटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक र प्रारम्भिक कक्षा शिक्षक, उप समिति सदस्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, अभिभाव संघका अध्यक्ष र वडाध्य लगायतकाे सहभागिता थियाे ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत भएकाे कार्यशालामा प्रशिक्षक विजय कुमार साह र नगरपालिकाका शिक्षा शाखा प्रमुख विदुर उप्रेतीले प्रशिक्षण दिएका थिए । कार्यशालामा प्रारम्भिक पढाई कक्षाका उपलब्धिहरु, सुधार्नु पर्ने पक्ष एवं शैक्षिक सामग्रीहरुकाे प्रयाेग र कक्षा संचालन विधि बारे जानकारी गराइएकाे प्रशिक्षक साहले वताए ।

यस अघि पर्सागढी नगरपालिकामा स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुकाे लागि ३ दिने क्षमता विकाश कार्यशाला भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:3.854 sec. Memory consumption:82.49 mb