Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

सिमावर्ती भिस्वा बजारमा मुख्यमन्त्रीद्वारा व्यापारीकाे समस्या बारे छलफल

spot_img
spot_img

वीरगंज । पर्साको ग्रामिण भेग स्थितकाे सिमावर्ती बजार भिस्वाकाे प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आज अवलाेकन तथा व्यापारिकाे समस्या बारे छलफल गरेका छन् ।

छिपहरमाई गाउँपालिकाको वडा नं. ५ मा पर्ने भिस्वा बजारमा मुख्यमंत्रि गद्दी र पर्सा क्षेत्र नम्बर ४ का सांसद लक्ष्मणलाल कर्ण संग अनौपचारिक रुपमा स्थानियवासीहरुले बजारको बारेमा समस्या सामाधान गर्न छलफल गरेका हुन् ।

छलफलमा मुख्यमन्त्री गद्दीले सिमामा समान पक्राउ परे पछि कुनै किसिम्मको सिफारिस नगर्ने वताए । स्थानियहरुसंग आफ्ना कुरा राख्दै नेपालकै समान नेपालमै पक्राउ गर्न नहुने बताए । मुख्यमंत्री गद्दीले बिरगंजबाट भीस्वा ल्याउन कुनै किसिम्मको रोकावट नगर्ने र गर्नु नहुने प्रहरीप्रशासनलाई निर्देशन समेत दिए ।

सांसद कर्णले संसदमा उठाएकै कुरा स्थानियहरुको समक्ष राखे । सासद कर्णले भंसार र बोर्डमा चेकजाच गर्नु पर्ने र बिचमा चेकजाच गर्दा स्थानियहरुले दु:ख भोग्नु परिरहेका कारण सो कुरामा सुधार गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए ।

केही दिन अगाडी भिस्वा बजारका सरसमान ट्रेक्टर सहित प्रहरीले भंसार तथा जिल्ला प्रहरी कार्यालयमा तानेर लगेका कारण भिस्वा बजार बन्द गरी स्थानिय ब्यापारी आन्दोलन समेत गरेका थिए । भिस्वा बजारका ब्यापारीहरुले बिरगंजबाट भिस्वा सम्म समान खरिद गरी ल्याउन बिचमा कुनै किसिम्मका अवरुध नगर्न आग्रह गर्दै प्रदेश नम्बर २ का मुख्यमंत्रीलाई भेटन अस्थायी राजधानी जनकपुर समेत पुगेका थिए ।

साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरीयामा गई ज्ञापनपत्र सहित आफ्नाे मांगहरु राखेका थिए ।

आज भएको अनौपचारिक कार्यक्रममा प्रदेश सांसद सिंघासन साह कलवार, प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की, पर्सा प्रहरी प्रमुख गंगा पन्त, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह लगायत भिस्वा प्रहरी, बंजारी प्रहरी चौकी लगायत अन्य सुरक्षाकर्मीहरुको पनि सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...