Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

सिमावर्ती भिस्वा बजारमा मुख्यमन्त्रीद्वारा व्यापारीकाे समस्या बारे छलफल

spot_img
spot_img

वीरगंज । पर्साको ग्रामिण भेग स्थितकाे सिमावर्ती बजार भिस्वाकाे प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आज अवलाेकन तथा व्यापारिकाे समस्या बारे छलफल गरेका छन् ।

छिपहरमाई गाउँपालिकाको वडा नं. ५ मा पर्ने भिस्वा बजारमा मुख्यमंत्रि गद्दी र पर्सा क्षेत्र नम्बर ४ का सांसद लक्ष्मणलाल कर्ण संग अनौपचारिक रुपमा स्थानियवासीहरुले बजारको बारेमा समस्या सामाधान गर्न छलफल गरेका हुन् ।

छलफलमा मुख्यमन्त्री गद्दीले सिमामा समान पक्राउ परे पछि कुनै किसिम्मको सिफारिस नगर्ने वताए । स्थानियहरुसंग आफ्ना कुरा राख्दै नेपालकै समान नेपालमै पक्राउ गर्न नहुने बताए । मुख्यमंत्री गद्दीले बिरगंजबाट भीस्वा ल्याउन कुनै किसिम्मको रोकावट नगर्ने र गर्नु नहुने प्रहरीप्रशासनलाई निर्देशन समेत दिए ।

सांसद कर्णले संसदमा उठाएकै कुरा स्थानियहरुको समक्ष राखे । सासद कर्णले भंसार र बोर्डमा चेकजाच गर्नु पर्ने र बिचमा चेकजाच गर्दा स्थानियहरुले दु:ख भोग्नु परिरहेका कारण सो कुरामा सुधार गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए ।

केही दिन अगाडी भिस्वा बजारका सरसमान ट्रेक्टर सहित प्रहरीले भंसार तथा जिल्ला प्रहरी कार्यालयमा तानेर लगेका कारण भिस्वा बजार बन्द गरी स्थानिय ब्यापारी आन्दोलन समेत गरेका थिए । भिस्वा बजारका ब्यापारीहरुले बिरगंजबाट भिस्वा सम्म समान खरिद गरी ल्याउन बिचमा कुनै किसिम्मका अवरुध नगर्न आग्रह गर्दै प्रदेश नम्बर २ का मुख्यमंत्रीलाई भेटन अस्थायी राजधानी जनकपुर समेत पुगेका थिए ।

साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरीयामा गई ज्ञापनपत्र सहित आफ्नाे मांगहरु राखेका थिए ।

आज भएको अनौपचारिक कार्यक्रममा प्रदेश सांसद सिंघासन साह कलवार, प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की, पर्सा प्रहरी प्रमुख गंगा पन्त, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह लगायत भिस्वा प्रहरी, बंजारी प्रहरी चौकी लगायत अन्य सुरक्षाकर्मीहरुको पनि सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...