Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

चंदा संकलनबाट कट्टी बलुवामा नि:शुल्क स्वास्थ्य शिविर

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कट्टी बलुवामा नि:शुल्क स्वास्थ्य शिविर सुरु भएकाे छ । राधाकृष्ण मठमा सुरु भएकाे शिविरको एक कार्यक्रमका बिच वडा नम्बर ४ का वडाअध्यक्ष हरिओम साह कलवारले उद्घाटन गरेका छन् ।

वडासदस्य बाबुलाल दास तात्वाको अध्यक्षतामा भएको उदघाटन समारोहमा श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय कट्टी बलुवाका ब्यवस्थापन समिती अध्यक्ष वकिल मियाले स्वागतमन्तब्य तथा शिविरको उद्देश्यकाे बारेमा प्रकाश पारेका थिए ।

स्थानियहरुको चन्दा संकल्नबाट आयोजना गरिएको शिविरमा डा. उद्यनारायण सिंह, डा. विद्यान काेइराला, डा. मेहदी हसन अन्सारी, डा. सलमा बानु, डा. पानालाल प्रसाद, डा. आरपी जयसवाल, डा. प्रमेश्वर साहले चेकजांच गरि रहेका छन् ।

राधाकृष्ण मठ सुर्जाहा कट्टी, श्री नेपाल राष्ट्रिय आधाभुत बिधालय कट्टी बलुवाको ब्यवस्थापन समिती र स्थानियहरुको आयोजनामा संचालित शिविरको उद्घाटन समारोहमा समाजसेवी उमेश बैठा, दिपेन्द्र चौहान, नन्दु दास र डा. उदनारायण दासले शुभकामना मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...