Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

शिवरात्रीकाे अवसरमा भेडा कुस्ती प्रतियोगिता

spot_img
spot_img

पर्सा । महाशिवरात्रीको अवसरमा शुक्रबार पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं १ मिर्जापुरमा भेडाको कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।

विगत १० बर्ष देखी शिवरात्रीकाे दिन हुदै आएकाे भेडाकाे कुस्ती प्रतियोगीता यस बर्ष पनि भएकाे हाे । शिवमन्दिरमा भएकाे प्रतियाेगितकाे उद्घाटन समाजवादी पार्टीका स्थानिय नेता ईगरासन साह कलवारले गरेका थिए ।

प्रतियाेगितामा नेपाल र भारतका ५० जाेडी भेडाहरु भाग लिएकाे भेडा कुस्ती प्रतियाेगिताका संयाेजक प्रेम प्रसाद यादवले वताए । नेपालकाे बिश्रामपुर, मिर्जापुर, झलमहिया, भलुवहिया र भारतको धनकुटवा, बेतिया, मझवलिया लगायतका स्थानबाट आएका भेडाहरु सहभागि भएकाे उनले वताए ।

प्रतियोगितामा जित्ने भेडा साहुहरु लाई रु ५ हजार देखि रु १० हजार सम्म नगद पुरस्कार समेत प्रदान गरिएकाे थियाे । प्रतियाेगितामा रामपुकार यादव, हरेन्द्र पासवन, हिमाञ्चल कुशवाहा, हिरालाल यादव, जितेन्द्र यादव लगायतकाे बिशेष उपस्थिति रहेको थियोे ।

शिवरात्रीकाे अवसरमा मेला समेत लागेकाे थियाे भने मेलाकाे अवलाेकन ५ देखी ६ हजार सम्मकाे दर्शकले गरेकाे अनुमान गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...