Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

विपद जाेखिम न्यूनिकरण सिकाई आदानप्रदान

spot_img
spot_img

वीरगंज । पर्साकाे ३ स्थानिय तहमा संचालित बाल केन्द्रित विपद जाेखिम न्यूनिकरण कार्यक्रम अन्तर्गतका गितिविधिहरुकाे सिकाई अदानप्रदान तथा अपातकालिन सामग्री हस्तान्तण कार्यक्रम आज वीरगंजमा सम्पन्न भएकाे छ ।

वीरगंज घण्टाघर स्थित नेपाल रेडक्रस साेसाइटी पर्साकाे सभा हलमा भएकाे कार्यक्रममाबाल क्लब र बाल संजाललाई स्टेशनरी सामग्री र कार्यक्रम संचालन रहेकाे स्थानिय तहहरुलाई आपतकालिन सामग्री हस्तारण समेत गरिएकाे थियाे । कार्यक्रम अन्तर्गत गठन भएका २० वटा बाल क्लब र ३ वटा बाल क्लब संजाललाई रजिष्टर, कापी, कलम लगायतका स्टेशनरी सामग्री र स्थानिय तहहरुलाई ६ वटा लाइफ ज्याकेट, प्राथमिक उपचार बाक्स हस्तान्तरण गरिएकाे रेेडक्रसका राजन श्रीवास्तवले वताए ।

कार्यक्रममा विगतका दिन देखी हाल सम्म कार्यक्रम संचालित कार्य क्षेत्रहरुमा भएकाे कार्यकाे प्रगतिकाे प्रस्तुती कार्यक्रम अधकृत उमेश मिश्राले गरेका थिए । उनका अनुसार विगत २ बर्ष देखी पर्साकाे पर्सागढी नगरपालिका, बिन्दवासिनी गाउँपालिका र जगरनाथपुर गाउँपालिकामा कार्यक्रम संचालन हुदै आएकाे छ ।

साेही कार्यक्रमकाे बार्षिक समिक्षा, बालबालिकाहरुलाई शसक्त बनाउन गाउँपालिकाकाे भुमिका सम्बन्धमा छलफल समेत गरिएकाे उनले जानकारी गराए ।

कार्यक्रममा वाेल्दै पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले विगतका दिनमा जिल्ला प्रशासन कार्यालयबाट नै ढुंगामा बसेर प्रमुख जिल्ला अधिकारीलाई बाहिर निस्केकाे अवस्थाकाे देखिएकाे वताउदै त्यसकाे अन्त्य गर्न आफु लागेकाे वताए ।

रेडक्रस पर्साका विपद व्यवस्थापन संयाेजक रामनरेश यादवकाे सभापतित्वमा भएकाे कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, उपाध्यक्ष विष्मुलाह खातुन, रेडक्रस प्रदेश २ का अध्यक्ष फुलमहमद मियाँ, काेषाध्यक्ष दिब्यनाथ श्रेष्ठ, जिल्ला अनुसन्धान कार्यालय पर्साका प्रमुख कुमार खड्का, बिन्दवासिनी गाउँपालिकाका वडा नं. ५ का वडाध्यक्ष सुकदेश राउत अहिर, मुकेश प्रसाद साह, पर्सागढी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रामप्रसाद पाठक, ५ का वडाध्यक्ष असलम आलम, दिनेश राउत गद्दी, रेडक्रस पर्सा शाखाका सदस्य दयाशंकर सिंह लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा स्वागत मन्तव्य रेडक्रस पर्साकी उपसभापति मधु राणाले राखेकी थिइन भने कार्यक्रमकाे संचालन शाखा अधकृत उद्यराज शर्माले गरेका थिए । युनिसेफकाे सहयाेग र रेडक्रस पर्सा शाखाकाे आयाेजनामा कार्यक्रम भएकाे थियाे ।

कार्यक्रम मै रेडक्रसमा पहिलाे पटक आउनु भएकाेमा प्रमुख जिल्ला अधिकारी कार्की र अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई स्वागत तथा सम्मान समेत गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु...