Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्रजातन्त्र दिवसको अवसरमा वीरगंज कारागारबाट १८ कैदी रिहा

spot_img
spot_img

वीरगंज । प्रजातन्त्र दिवसको अवसरमा वीरगंज कारागारबाट १८ जना कैदी कैदमुक्त भएका छन् ।

चालचलन राम्राे, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई जेलबाट रिहा गरिएको बिरगंज कारागारका जेलर श्रवण पोखरेलले वताए ।

पर्सा, बारा, रुपन्दही र भारतको गरेर १८ जना कैदी वन्दीहरु रिहा भएका हुन् । कैद मुक्त हुनेहरुमा पर्साका १ जना, बाराका १५, रुपन्देहीका १ र भारत बिहार मोतिहारी जिल्लाका १ जना रहेका छन । उनीहरुलाई कारागार कार्यालयले एक कार्यक्रमको आयोजना गरि आफन्तको जिम्मा लगाएको हो ।

बुधबार परेको प्रजातन्त्र दिवसको अवसरमा रिहा हुनेमा ज्यान मार्ने उधोगका दुई जना, अँगभँग मुद्दाका ६ जना, कुटपिट तथा अँगभँग मुद्दाका एक जना, बन पैदावारका चार जना रहेका छन् ।

यस्तै किर्ते मुद्दाका एकजना, हातहतियार मुद्दाका दुईजना र सवारी ज्यान मुदाका दुईजना रहेको पोखरेलले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई कैदबन्दी मिनाहा गरिएकाे कारागार कार्यालय पर्साले जनाएको छ ।

रिहा भएका कैदिहरुमा बाराकाे प्रशौनी गाउँपालिकाकाे मात्र ६ जना रहेका छन् । गाउँपालिका प्रमुख भाेला प्रसाद गुप्ता  र उपप्रमुख गिता साहले कैद कट्टी भै छुटेका आफ्नो गा.पा.का ६ जना बन्दी कारागार पुगेका थिए । साे अवसरमा कारागार कम्पाउण्ड मर्मत सम्भारका लागि पालिकाको तर्फबाट ३० बोरा सिमेन्ट उपलब्ध गराउने प्रतिबद्वताका समेत जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...