Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कालिकामाईकाे विवाद सहमतीमा साम्य

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा विद्यार्थीहरुद्वारा साेमबार भएकाे ताेडफाेडकाे विवाद सहमतीमा साम्य भएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्सामा भएकाे छलफलमा विद्यार्थीहरुले गल्लती महसुस गरे पछि विवाद साम्य भएकाे हाे ।

विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा गरेकाे ताेडफाेड स्विकार्दै गल्ती भएकाे महसुस गरे पछि विवाद साम्य भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता बिरेन्द्र साहीले वताए । उनले भने “दुबै पक्षकाे आपसी सहमतीकाे अधारमा विवाद टुंगिएकाे हाे, विद्यार्थीहरुले गल्ली भएकाे महसुस गरे र अब देखी यस्ताे हुदैन भने पछि सहमतिमा विवाद साम्य भयाे ।”

अब देखी कानुन सम्बत अगाडी बढन दुबै पक्ष बिच समेत सहमती भएकाे प्रवक्ता प्रहरी नायब उपरिक्षक साहीले वताए ।

छलफलमा गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा, उपाध्यक्ष राजेश चाैरसिया, प्रमुख प्रशासकिय अधिकृत राजु साह, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थ राज यादव, सबै वडाका वडाध्यक्ष, साेमबार पक्राउ परेका १६ विद्यार्थी र केही स्थानिय अगुवाहरु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका प्रअ लगायकाे सहभागिता रहेकाे थियाे ।

वडा नं. २ भेडिहारी स्थित रहेको श्री सुकई साह माविका विद्यार्थीहरु शिक्षक नभएका कारण पढाई प्रभावी भएको भन्दै आन्दोलित भएको थिए भने सोही क्रममा तोडफोड समेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...