Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

कालिकामाईकाे विवाद सहमतीमा साम्य

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा विद्यार्थीहरुद्वारा साेमबार भएकाे ताेडफाेडकाे विवाद सहमतीमा साम्य भएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्सामा भएकाे छलफलमा विद्यार्थीहरुले गल्लती महसुस गरे पछि विवाद साम्य भएकाे हाे ।

विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा गरेकाे ताेडफाेड स्विकार्दै गल्ती भएकाे महसुस गरे पछि विवाद साम्य भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता बिरेन्द्र साहीले वताए । उनले भने “दुबै पक्षकाे आपसी सहमतीकाे अधारमा विवाद टुंगिएकाे हाे, विद्यार्थीहरुले गल्ली भएकाे महसुस गरे र अब देखी यस्ताे हुदैन भने पछि सहमतिमा विवाद साम्य भयाे ।”

अब देखी कानुन सम्बत अगाडी बढन दुबै पक्ष बिच समेत सहमती भएकाे प्रवक्ता प्रहरी नायब उपरिक्षक साहीले वताए ।

छलफलमा गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा, उपाध्यक्ष राजेश चाैरसिया, प्रमुख प्रशासकिय अधिकृत राजु साह, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थ राज यादव, सबै वडाका वडाध्यक्ष, साेमबार पक्राउ परेका १६ विद्यार्थी र केही स्थानिय अगुवाहरु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका प्रअ लगायकाे सहभागिता रहेकाे थियाे ।

वडा नं. २ भेडिहारी स्थित रहेको श्री सुकई साह माविका विद्यार्थीहरु शिक्षक नभएका कारण पढाई प्रभावी भएको भन्दै आन्दोलित भएको थिए भने सोही क्रममा तोडफोड समेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...