Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

मेयरको दादागिरी : छोराले विकास निर्माणबारे सोध्दा शौचालयमा थुनिए बावु

spot_img
spot_img

बारा : सरकारी बजेटबाट भएको विकास निर्माणको कामबारे सोधीखोजी गर्ने एक युवकका बुवालाई जनप्रतिनिधिले कुटपिट गरी शौचालयमा थुनेको खबर सार्वजनिक भएको छ । बाराको महागढीमाइ नगरपालिकाका २ बरियारपुरको मैनी टोलका युवक मुकेश कुशवाहाका बुवा ५५ वर्षीय हरेन्द्र कुशवाहालाई नगरप्रमुख उपेन्द्र यादवले हातपात गरी नगरपालिकाकै शौचालयमा आधा घण्टा थुनेर छाडेको घटना सार्वजनिक भएको हो ।

सोमबार खेतमै काम गरिरहेका बेला पुगेका नगर प्रहरीको टोलीले खेतबाटै आफूलाई उठाएर नगरपालिका कार्यालयमा पुर्‍याएपछि नगरप्रमुख यादवले शौचालयमा आधा घण्टा थुनेको पीडित हरेन्द्रले बताए ।

‘नगर प्रहरीले मेयरसाबले बोलाउनु भएको छ भन्दै खेतबाट मोटरसाइकलमा चढाएर नगरपालिकामा लगे। नगरपालिकामा लगेपछि मेयर साबले तिम्रो छोरो खोइ भनेर सोध्नुभयो। मैले घरमा छैन भनेपछि मेयरसाबले आफ्नो जुत्ता मेरो टाउको राख भन्नुभयो, हरेन्द्रले भने, ‘तर मैले छोराले कुनै गल्ती गरेको छ भने उसैलाई भन्नू जवाफ दिएपछि मेयरसाबले गालामा एक थप्प हान्नुभयो, अनि नगर प्रहरीले मलाई शौचालयमा लगेर आधा घण्टा थुने। ‘

शौचालयमा आधा घण्टा थुनेपछि नगर प्रमुखकै आदेशमा नगर प्रहरीले नगरप्रहरीको घरमा लगेर डेढ घण्टा राखेर मंगलबार छोरालाइ उपस्थिति गराउने सर्तमा घर फिर्ता पठाएको पीडित हरेन्द्रले बताए ।

हरेन्द्रका छोरा मुकेशले गाउँमा नगरपालिकाको बजेटबाट निर्माण गरिएको नालाको काम अधुरै रहेको विषयमा सोधीखोजी गरेको निहुँमा नगर प्रमुख यादवले आफ्नो बुवालाई हातपात गरी शौचालयमा थुनेको बताए ।

गाउँमा ४० लाखको बजेटमा निर्माण गरिएको नाला अधुरै छ। नालाको काम पूरा नहुँदा गाउँलेलाई सास्ती छ। यही विषयमा जानकारी गराएपछि स्थलगत अवलोकनका लागि सोमबार नगर प्रमुख यादव गाउँमा आएका थिए, मुकेशले भने,’ नाला हेरेपछि नगर प्रमुखले म केहि गर्न सक्दिन तिमीलाई जहाँ गएर खोज्नु छ खोज भन्ने जवाफ दिएपछि यही कुरा भिडियोमा बोलिदिनुस् म रेकर्ड गर्छु भन्दा उनका साथमा रहेका कार्यकर्ता र कर्मचारीले धम्क्याउँदै मोबाइल खोस्न थाले, भिडियो खिच्न पनि दिएनन्।’

सोमबार नगरप्रमुख र उनका कार्यकर्ता गाउँबाट फर्किएपछि आफू अर्कै कामले गाउँ बाहिर गएका बेला गाउँमा आएका नगर प्रहरीले नभेटेपछि खेतबाट आफ्नो बुबालाई जबरजस्ती मोटरसाइकलमा चढाएर नगरपालिकामा लगेको मुकेशले बताए ।

नालाको विषयमा आफूले ६ महिनादेखि पटकपटक नगरप्रमुख यादवलाई भेटेर गुनासो गर्दै आएकोले त्यहि निहुँमा सोमबार नगरप्रमुख यादवले जबरजस्ती नगरपालिकामा लगेर बुवालाई गालीगलौज  र हातपात गरी शौचालयमा थुनेको मुकेशले बताए ।

उनले बिना कारण आफ्नो बुबालाई हातपात गरी शौचालयमा थुन्ने कार्यमा संलग्न नगरप्रमुख र नगर प्रहरीलाई कारवाहीको माग गरेका छन्। नगरप्रमुख  मेयर यादवले भने मुकेशको बुबालाई सोधपुछका लागि मात्रै नगरपालिकामा बोलाएको तर हातपात, गालीगलौज र शौचालयमा थुनेको भन्ने आरोप भने निराधार रहेको बताए ।

मुकेशले भिडियो बनाएर सामाजिक संजाल फेसबुकमा हालेकाले त्यही विषयमा सोधपुछ गर्न खोजी गर्दा मुकेश फेला परेन , उनले भने, ‘ऊ फेला नपरेपछि उसको बुवालाई बोलाएर सोधपुछ मात्रै गरेका हौं, अरु केही गरेको छैन। ‘

एक युवक पक्राउ
नगरप्रमुख उपेन्द्र यादवकै बारेमा टिप्पणी गर्दै सामाजिक संजाल फेसबुकमा भिडयो पोस्ट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले महागढीमाई नगरपालिकाका १ का २७ वर्षीय दिपेन्द्र कुशावाहालाई पक्राउ गरेको हो।

सामाजिक संजालमा निराधार भिडियो बनाएर पोष्ट गरेको भन्दै नगरप्रमुख यादवले दिएको उजुरीको आधारमा दिपेन्द्रलाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका दिपेन्द्रविरुद्ध साइबर अपराध मुद्दा चलाउन काठमाडौं जानुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बारामै अभद्र व्यवहारको मुद्धा चलाइने र त्यसका लागि बारा जिल्ला अदालतबाट मंगलबार म्याद थप गराइएको पनि मिश्रले बताए ।  अन्पूर्ण पाेष्टबाट

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...