Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

माइस्थानमा भएकाे आगलागीमा रु ४० लाख बराबरकाे क्षति

spot_img
spot_img

वीरगंज । वीरगंजकाे माईस्थान बजारकाे एक किराना पसलकाे गाेदाममा भएकाे आगलागीमा रु ४० लाख बराबारकाे क्षति भएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. ६ स्थित माइस्थाकाे विट्टु किराना पसलको गोदाममा सोमबार दिउँसो अचानक आगलागि हुदाँ करिब ४० लाख मुल्य बराबरकाे धनमाल जलेर नष्ट भएको पिडितले वताएका छन् ।

स्थानिय मधुसुधन अग्रवालको घरको दोश्रो तलामा बाराकाे सुवर्ण गाउँपालिका वडा नं. २ घर भएका मनोज कुमार गुप्ताले भाडामा लिई किराना पसलकाे  गोदाम राखेका थिए । गोदाममा कस्मेटिक देखि किरानाको समान स्टोर राखिएको थियो । साेही समान आगलागीले जलेर र केही समान आगाे निभाउने क्रममा पानीले नष्ट भएकाे पसल संचालक गुप्ताले वताए । उनले रु ४० लाख  बराबरकाे समान जलेर नष्ट भएकाे वताए ।

पसलका संचालक गुप्ताका अनुसार गोदामा राखिएको कस्मेटिक समान र किराना आईटमका आधी भन्दा बढी समानहरु जलेर करिब ४० लाख भन्दा बढीको क्षति भएको छ ।

गोदाम भित्र जडान गरिएको ईन्भर्टर सर्ट भई आगलागि भएको अनुमान प्रहरीले गरेको छ ।

आगो महानगरपालिकाको २ वटा बारुण यन्त्र, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियको सहयोगमा ३ घण्टापछि नियन्त्रणमा आएकाे थियाे ।

गाेदाममा रहेकाे तेल, ध्यूँ, डलडा, रिफाईन तेल जस्ता तरल पदार्थ बढी रहेकोले आगो नियन्त्रणमा लिन समय लागेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...