Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

निःशुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । ग्लोबल आईएमई बैंक वीरगंजको आयोजनामा आज वीरगंज महानगरपालिका वडा नम्बर २५ श्रीसियमा निःशुुल्क आँखा शिविर सम्पन्न भएको छ ।

केडिया आँखा अस्पताल परवानीपुरको सहयोगमा भएकाे शिविरमा २५० जनाको आँखा परिक्षण गरिएको थियो । जसमध्ये ४७ जनामा मोतियाबिन्दु फेला परेको बैंकका प्रबन्धक संतोष कुमार साहले वताए । मोतियाबिन्दुको शल्यक्रियाको सम्पुर्ण खर्च बैंकले व्यहोर्ने प्रबन्धक साहले जानकारी गराए ।

शिविरमा नेत्र रोग विशेषज्ञ डा. नितिन तुल्स्यानको टिमले चेकजाँच गरेको थियो । सो अवसरमा बैंकका तर्फबाट राकेश ज्ञवाली, सुशिल द्विवेदी, मिनु यादव, सोनु जयसवाल, स्थानिय युवा आशुतोष चतुर्वेदी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...