Date
मङ्ल, साउन २६, २०८३
Tue, August 11, 2026

‘लभ आजकल’काे पहिलो दिनकाे व्यापार १२ करोड

spot_img
spot_img

शुक्रबारबाट बलिउड चलचित्र ‘लभ आजकल’ रिलिज भएको छ । कार्तिक आर्यन र सारा आलि खानको मुख्य भूमिका रहेको यस चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको थियो ।

भ्यालेनटाइन्स डेलाई लक्षित गरेर सोही दिन रिलिज भएको यस चलचित्रले पहिलो दिन १२ करोड माथिको व्यापार गरेको छ । बलिउड बक्स अफिस हेर्ने हो भने चलचित्रको पहिलो दिनको कमाई १२ करोड ४० लाख रहेको छ ।

त्यो सँगै ‘लभ आजकल’ यो वर्ष रिलिज भएका चलचित्रहरु मध्ये पहिलो दिन सबैभन्दा बढि कमाई गर्ने चलचित्रको दोस्रो स्थानमा परेको छ । ‘तान्हाजी’ले पहिलो दिन १५ करोड १० लाखको व्यापार गरेको थियो ।

दोस्रो दिन अर्थात् शनिबार पनि लभ आजकालको कमाई उत्साहजनक नै छ । शनिबार चलचित्रको कमाई १८ करोडको हाराहारीमा पुग्ने अनुमान गरिएको छ । समिक्षात्मक रुपमा पनि चलचित्रलाई रुचाइएको छ । सारा र कार्तिकको रोमान्सलाई दर्शकले रुचाएका छन् ।

प्रेमकथामा निर्माण भएको यस चलचित्रलाई इम्तियज अलिले निर्देशन गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मानवसेवा आश्रम पुगे पर्साका प्रहरी प्रमुख भट्टराई, आश्रितलाई खाद्यान्न तथा भोजन सहयोग

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन गर्दै आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूका लागि खाद्यान्न तथा...

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...