Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

पर्सा गोल्डकपको उद्घाटन खेलमा हेटौँडा बिजयी

spot_img
spot_img

पर्सा । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा आजबाट सुरु भएको प्रथम पर्सा गोल्डकपको उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमी बिजयी भएको छ ।

रतनपुरी युनाइटेड युवा स्पोर्टस क्लव बारालाई टाईब्रेकरमा ४–३ को गोल अन्तरले हराउँदै हेटौँडा अघिल्लो चरणमा प्रबेश गरेको हो । टिमलाई जित दिलाउने क्रममा टाईब्रेकरमा सन्दीप सापकोटा ,छिरिगं लामा, तारा नेगी, कृष्ण गुरुगं ले गोल गरे भने अमिस महर्जनको प्रहार भने गोल रक्षकले राकेका थिए ।

सुरुवाती समयदेखी नै निकै रोमाञ्चक देखीएको खेलको निर्धारित समयमा २–२ गोलको बराबरी खेलेपछी खेल टाईब्रेकरमा धकेलिएको थियाे । प्रतियोगिताको म्यान अफ द म्याच हेटौडाका टिम क्याप्टेन समेत रहेका जर्सी नम्बर १७ का कृष्ण गुरुगं घोषित भए । उनले एक हजार एक सय रुपयाँ नगद पुरस्कार पाए ।

प्रतियोगिताको दोस्रो खेल भाेली बीरगंज युथ क्लव र थारु थारुवान ११ रौतहटबीच प्रतिस्पर्धा हुने छ ।

यसअघि प्रतियोगिताको प्रदेश सांसद सिंहासन साह कलवारले उद्घाटन गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै कलवारले खेलकुदको बिकासका लागी सधैँ हातेमालो गरेर अघि बढ्न आफु तयार रहेको बताएका छन् ।

ग्रामीण भेगमा संचलन हुने खेलकुद प्रतियोगीताले खेलाडी उत्पादन गर्न मद्धत पुग्ने भन्दै उनले आफुले पनी बिगतदेखीनै खेलकुदको प्रबर्धनकाे लागी सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।

आयोजक क्लबका अध्यक्ष याम बहादुर थापाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तवरेज अहमद, वडाध्यक्षहरु तुलाराम चौधरी, उद्धव बहादुर उप्रेती, राम नारायण गौरो, तत्कालिन बिरुवागुढी गाबिसका पुर्व अध्यक्ष गोकर्ण पाठकलगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...