वीरगंज । दिब्य बचत तथा ऋण सहकारी संस्था लि. बिरन्चीवर्वाको २२ औ साधारण सभा आज सम्पन्न भएको छ । पर्साको पोखरीया नगरपालिकाको जिल्ला उच्चांगल रामदेव कलवार प्राविधिक माध्यमिक बिधालय पोखरीयामा भएकाे साधारण सभाकाे उद्घाटन पोखरिया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले गरेका थिए ।
उदघाटन समारोहलाई संबोद्धन गर्दै प्रमुख अतिथी प्रमुख रौनियारले दमन र शोषणबाट बाच्नलाई बचत गर्ने बानीको विकास गर्न अपरिहार्य रहेको बताए ।
समारेहमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडित, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुश्वाहा, पोखरीया नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष लक्ष्मण साह, पत्रकार छठु साह, धर्मेन्द्र चौरसिया लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
दिब्य बचतको आर्थिक बर्ष २०७५।०७६ मा कुल आम्दानी र खर्च ५ करोड ९४ लाख ३१ हजार ८ सय ३३ रहेको र चालु आर्थिक बर्षमा १४ लाख १७ हजार ४ सय २ रुपैया २१ पैसा शुद्ध नाफा रहेको र आर्थिक बर्ष ०७६।०७७ को भावी योजना १० करोड ३१ लाख ८२ हजार आम्दानी खर्च गर्ने लक्ष्य रहेको संस्थाका सचिव बृजकिशोर चौहानले प्रस्तुत गरेका थिए ।
संस्थाका प्रबन्धक जयनारायण पटेलले संस्थाको ३ वटा सेवा केन्द्र मार्फत पोखरीया नगरपालिका, छिपहरमाई गाउँपालिकाको भिस्वा र जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट सेवा दिइएको बताए ।
यसै गरी प्रबन्धक पटेलले २ ठाउमा ५० लाख बराबरको भवन, ५५ लाखको कोष निमार्ण, १६ लाख बराबरको ऋण जोखिम ब्यवस्था, सफटवेयर मार्फत आर्थिक कारोबार, २२ वटा महिला समुह मार्फत ५ सय ५० जना महिलाहरु संग बचत कारोबार, २ हजार ५५ कुल सदस्य संख्या रहेको जस मध्ये महलिा संख्या ९ सय ३० र पुरुष ११ सय २५ रहेको, दिब्य कन्या माबि स्थापना र १० जना कर्मचारीहरुलाई रोजगारी दिइएको उपलब्धी प्रस्तुत गरेका थिए ।
कार्यक्रमकाे सहजिकरण संस्थाका कोषाध्यक्ष रामाकान्त पटेलले गरेका थिए भने संस्थालाई योग्यदान पुर्याउने ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।