Date
मङ्ल, साउन २६, २०८३
Tue, August 11, 2026

‘लभ डायरीज’ लाई ‘लभ आज कल’ र ‘साङ्लो’ थ्रेट

spot_img
spot_img
गएको शुक्रवार प्रदर्शनमा आएको अभिनेता विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’ ले असोजपछि सुस्ताएको नेपाली फिल्मको व्यापार केही हदसम्म चलायनमान बनायो । फिल्मले सिंगल थिएटरमा प्रदर्शनको एक हप्तामा राम्रो व्यापार गरेको छ । यो फिल्मका कारण अहिले हलमा दर्शकको चहलपहल बढेको छ । यसबीच, शुक्रवारबाट फिल्म ‘लभ डायरीज’ प्रदर्शनमा आएको छ ।
‘साङ्लो’ ले पुनः हलसम्म दर्शक आउने माहोल सृजना गरेका कारण यसको प्रभाव ‘लभ डायरीज’ को व्यापारमा पर्नसक्ने आँकलन गरिएको छ । प्रदर्शन अगाडि गीतसंगीत र ट्रेलरले औसत हाइप निर्माण गरेको यो फिल्मसँग भिड्न हलमा अरु नेपाली फिल्म छैनन् । तर, मल्टीप्लेक्समा शुक्रवारबाटै प्रदर्शनमा आएको बलिउड फिल्म ‘लभ आज कल’ ठूलो थ्रेट बन्न सक्ने देखिन्छ ।
वर्षौदेखि नेपाली दर्शकको पहिलो रोजाई नेपालीभन्दा विदेशी फिल्म हुँदै आएको छ । त्यसमाथि कार्तिक आर्यन र सारा अलि खानको नेपालमा राम्रो क्रेज छ । ‘लभ आज कल’ दशक अगाडिको हिट फिल्मको सिक्वेल भएका कारण नेपालमा यसको लामो समयदेखि प्रतिक्षा भैरहेको थियो । नेपालका मल्टीप्लेक्सले बाँडेको सोज संख्या हेर्दा फिल्मले आक्रामक व्यापार गर्ने देखिन्छ ।
फिल्म ‘लभ डायरीज’ लाई मल्टीप्लेक्समा मात्र नभइ सिंगल थिएटरमा पनि सहज देखिएको छैन । विराज भट्टको ‘साङ्लो’ ले दोस्रो हप्तामा पनि धेरैजसो हल आफ्नो मुठ्ठीमा राखेका कारण ‘लभ डायरीज’ लाई सिंगल थिएटरमा आफूतिर दर्शक तान्न ठूलो संघर्ष गर्नुपर्ने देखिन्छ । यद्यपि, ‘वर्ड अफ माउथ’ बलियो भएको खण्डमा फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्न सक्नेछ ।
सौरभ चौधरी निर्देशित फिल्ममा सुशील श्रेष्ठ, विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मबाट अभिनेत्रीको रुपमा रुविना थापाले डेब्यू गरेकी छन् । बुधवार राजधानीमा भएको प्रिमियरमा फिल्मकर्मीले उनको अभिनयकोे प्रशंसा गरेका थिए । प्रिमियरमा फिल्मलाई सुखद प्रतिक्रिया मिलेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मानवसेवा आश्रम पुगे पर्साका प्रहरी प्रमुख भट्टराई, आश्रितलाई खाद्यान्न तथा भोजन सहयोग

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन गर्दै आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूका लागि खाद्यान्न तथा...

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...