Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

श्रिसिया नदिमा प्रदुषण फैलाउने उधोगलाई कार्यवाही गर्न सांसद यादवको माँग

spot_img
spot_img

वीरगंज । समाजवादी पार्टीका सांसद प्रदिप यादवले सिर्सिया नदीको प्रदुषणले आम पर्साबासी धेरै नै सास्ती खेपिरहेको बताएका छन् । पर्सा क्षेत्र नं. १ र २ अन्तर्गत वीरगंज महानगरपालिकामा पर्ने सिर्सिया नदीमा केही उद्योग कलकरखानाको बदमासीले यतिखेर नदी प्रदुषित र विषालु भई जनताको स्वास्थयको लागी हानिकारक भएको सांसद यादवले बताएका हुन ।

‘‘आज दिउसो बसेको प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद यादवले नदीको प्रदुषित पानीको कारण आम जनता मुख छोपेर हिडनु पर्ने बाध्यता आएको छ । नदीको प्रदुषित पानी खाएको चौपायाहरु बिरमी भएर कतिले ज्यान समेत गुमाई सकेका छन् । उनले भने’’ दर्जनौ गाउँको लाखौ मानिसको जीवनसंग गासिएको यो समस्या भएकोले नदीमा प्रदुषण फैलाउने उद्योगलाई कडा कारवाही गर्न सरकारसंग मांग गर्दछु ।

नदीको आसपासमा बसोबास गर्ने मानिस नदीमा खुट्टा राख्दा खुट्टा चिलाएर अधिकांश मासिन छालाको बिरामी भईसकेका छन् । कसैको छालामा घाउ भएर लुतो, हात खुट्टा चिलाउने जस्ता अनेकौं समस्या देखिएको बताउँदै सांसद यादवले त्यस्ता महामारीलाई समयमै रोक्न फोहोर फैलाउने केही उधागीहरुलाई कडा गर्नु पर्ने उनले मांग गरे । विगतको दिनमा सिर्सिया नदीको पानी पहाडको झरिबाट निस्किने पानी जस्तो सफा र चम्किलो थियो । बैशाख, ज्येष्ठको महिनामा तिर्खा लाग्नेले समेत त्यही पानी खाने गर्र्र्थे । उनले भने’’ नदी आसपासका किसानहरुले पनि पम्पिङ्ग सेट लगाएर सिचाई पनि गर्ने गर्थे ।

समाजवादी पार्टीका केन्दिय सदस्य समेत रहेका सांसद यादवले सिर्सिया नदीको छेउमा सयकडौंज उद्योग कलकारखान रहे पनि सबैले प्रदुषण नफैलाई केही मात्रै उद्योगले विशालु र प्रदुषण पानी फालेकोले जनताको स्वास्थयसंग खेलवाड गर्ने त्यसता उद्योग र उद्योगीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका हनु ।

२०६७ सालमा एउटा अध्ययन टोलीले समेत आफ्नो प्रतिवेदनमा ४८ वटा उद्योग र अबैध रक्सी भठ्ठी एंव वीरगंज महानगरपालिकाका ढल र फोहोर पनि प्रदुषणको स्रोतको रुपमा उल्लेख गरेको बताउँदै उनले सिर्सिया नदीलाई फोहोर, दुर्घन्धिन र बिशालु पानी फाल्ने छाला उद्योग, डिस्टिलरी, टेक्सटाई, घ्यू, साबुन, काटुन, कागज, सलाई र रांगा काट्ने उद्योगहरु रहेको बताउँदै यि उद्योगहरुलाई कडा कारवाही गर्न संसदमा जोडदार आवाज उठाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...