Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

फेटामा सिताराम बिष्णु महायज्ञकाे जल यात्रा निकालियाे

spot_img
spot_img

वीरगंज । बाराको फेटा गाउँपालिका वडा नम्बर ७ गम्हरीयामा श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञकाे प्रथम दिन आज धुमधामका साथ जल यात्रा निकालिएको छ ।

बिहान करिब १० बजेको समयमा निस्केको जल यात्रामा हजारौ कुवारी कन्या सहभागि भएकी थिइन । श्री श्री १०८ श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञले सम्पूर्ण प्राणीहरुको कल्यान गर्ने बिश्वासका साथ यज्ञ गर्न लागिएको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद साहले वताए । उनले यज्ञमा हुने हवनले पर्यावरणकाे शुद्धता माथि टेवा पुग्ने भन्दै बिश्वास लिइएको बताए । यज्ञ ९ दिन चल्ने अध्यक्ष साहले जानकारी गराए ।

फेटा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वडा नम्बर ७ गम्हरीया टोलमा भइरहेकाे महायज्ञ चान्दा संकलनबाट भइरहेको बताए ।

श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञको यज्ञ समितिका कोषाध्यक्ष सुरेश दुबेका अनुसार जल यात्रामा करिब ५ हजारको जनसंख्यामा भक्तजन तथा कुवारी कन्या सहभागि थिए । उनले करिब २५ लाख यज्ञमा खर्च हुने वताए ।

९ दिनसम्म चल्ने महायज्ञको निम्ति स्थानिय हिन्दु र मुस्लिम एकसाथ उभि श्री लक्ष्मीनारायण सिताराम बिष्णु महायज्ञ सफल बनाउनमा लागि परेको कोषाध्यक्ष दुबेले बताए । यज्ञ स्थल फेटा गाउँपालिका वडा नम्बर ७ गम्हरीया टोलबाट निस्केको जल यात्रा बाराको सदरमुकाम कलैया हुदै त्रिवेणीमा जाने बताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...