Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सेन्सरले काटिदियो सारा र कार्तिकको ‘इन्टिमेट दृष्य’

spot_img
spot_img

बलिउड चलचित्र ‘लभ आजकल’ रिलिजको तयारीमा छ । चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । चलचित्रले राम्रो हाइप बनाउनुको कारण मुख्य दुई कलाकारहरु हुन् । यस चलचित्रमा पछिल्‍लो समय आफ्नो बलियो उपस्थिती बनाएका नायक कार्तिक आर्यन र सारा अलि खान फिचर छन् । उनीहरुको जोडीलाई पर्दामा हेर्न दर्शक आत्तुर छन् ।

चलचित्रमा सारा र कार्तिकको केही इन्टिमेट दृष्यहरु समावेश गरिएको थियो । तर, ती दृष्यहरुमा सेन्सर बोर्डले कैची चलाएको छ । चलचित्रमा समावेश गरिएको सारा र कार्तिकको ‘लिप किस’ र ‘बेड सिन’ भद्दा भएको भन्दै सेन्सरले कैची चलाएको हो ।

चलचित्रमा बोलिएका संवादहरुमा पनि सेन्सरले ‘म्युट’ गर्न आदेश दिएको छ । त्यहाँ बोलिएका संवादहरु दर्शकलाई पाच्‍य नहुने भन्दै केही संवादहरुमा म्युट गर्न लगाइएको हो ।

२००९ मा रिलिज भएको चलचित्र ‘लभ आजकल’को रिमेक चलचित्रको रुपमा यस चलचित्रलाई तयार पारिएको छ । पूरानो लभ आजकलमा सैफअलि खान, दीपिका पादुकोण र ऋषि कपुर मुख्य भूमिकामा प्रस्तुत भएका थिए । रिमेक चलचित्रमा भने कार्तिक र सारासँगै रवि हुड र आरुसी शर्माको पनि मुख्य भूमिका रहेको छ ।

इम्तियज अलिको निर्देशनमा बनेको चलचित्रलाई दिनेश भिजनले निर्माण गरेका छन् । चलचित्र भ्यालेनटाइन्स डेको दिन रिलिज हुनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...