Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

अख्तियार र सरकार विरुद्ध नेवि संघद्वारा मशाल जुलुुश प्रदर्शन

spot_img
spot_img

वीरगन्ज । प्रहरी हस्तक्षेपका वाहजुद पनि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले अख्तियार विरुद्ध मंगलबार वीरगंजमा मसाल जुलुस प्रदर्शन गरेकाे छ ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले मसाल जुलुस प्रदर्शन गरेको हो ।

वीरगंजकाे महाविर स्थान स्थित लाठ गलीबाट निस्केकाे मसाल जुलुसलाई घण्टाघरमा पुगी काेण सभामा परिणत भएकाे थियाे । जुलुशलाई प्रहरीले हस्तक्षेप गर्न खाेज्दा प्रदर्शनकारी र प्रहरी विच समान्य झडप समेत भएकाे थियाे ।

जुलुसमा सहभागि विद्यार्थी नेताहरुले ओली सरकार र अख्तियार विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

नेवि संघ पर्साका अध्यक्ष विकास तिवारीकाे अध्यक्षतामा भएकाे काेण सभामा नेपाली कांग्रेसका पर्सा जिल्ला उपसभापति राजु गुप्ता, ठारब इकाई अध्यक्ष मनाेज साह, तरुण दल पर्काका सचिव विवेक चाैरसिया लगायतकाले मन्तव्य राखेका थिए ।

अख्यितारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसददेखि सडकसम्म बिरोध प्रदर्शन गरेको छ ।

यस अघि साेमबार पनि वीरगंजमा नेवि संघले मशाल जुलुश प्रदर्शन गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...