Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नेवि संघद्वारा अख्तियार विरुद्ध वीरगंजमा मसाल जुलुस प्रदर्शन

spot_img
spot_img

वीरगन्ज । प्रहरी हस्तक्षेपका वाहजुद पनि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले अख्तियार विरुद्ध साेमबार वीरगंजमा मसाल जुलुस प्रदर्शन गरेकाे छ ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले मसाल जुलुस प्रदर्शन गरेको हो ।

वीरगंजकाे विभिन्न क्षेत्रबाट एक साथ निकालिएको मसाल जुलुसलाई नियन्त्रणमा लिन पर्सा प्रहरीलाई हम्मे हम्मे परेको थियो । नेवि संघले अख्तियार तथा सरकार विरुद्ध वीरगंजकाे पानमंडी, माईस्थान, महाविर स्थान, गोश्वारा रोड लगायतको विभिन्न ठाउँबाट एकसाथ मसाल जुलुस निकालेको थियो ।

जुलुसमा सहभागि विद्यार्थी नेताहरुले ओली सरकार र अख्तियार विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

प्रदर्शनमा नेवि संघका पूर्व केन्द्रिय सदस्य सुधिर पटेल, ब्रदी नारायण तिवारी, नेता विकेश पटेल, मुनराज तिवारी, विवेक कलवार, अब्दुल कयुम, प्रकाश रौनियार, समिर अंसारी, सरोज अंसारी लगायतकाे सहभागिता थियाे ।

अख्यितारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसददेखि सडकसम्म बिरोध प्रदर्शन गरेको छ ।

यस अघि साेमबार पनि वीरगंज कांग्रेस निकटका विभिन्न भातृ संगठन विराेध जुलुश प्रदर्शन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...