Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

प्रसौनी टि २० कपकाे फाइनल खेलमा युसिसि वीरगंज विजयी

spot_img
spot_img

वीरगंज । प्रसौनी टि २० नक आउट कपकाे फाइनल खेलमा युनाईटेड क्रिकेट क्लब(युसिसि) वीरगंज विजयी भएकाे छ । बाराकाे प्रसाैनी गाउँपालिकामा जारी प्रसाैनी टि २० कपकाे आज भएकाे फाइनल खेलमा केसिसि कलैयालाई हराउदै युसिसि वीरगंज विजयी भएकाे हाे ।

टस जितेर पहिलाे वैटिङ्ग गरेकाे केसिसि कलैयाले निर्धारित २० ओभरमा ९ विकेटकाे क्षतिमा एक सय ४९ रन बनाएका थियाे । जवाफी वैटिङ्गमा उत्रेका युसिसि वीरगंजले १९.५ ओभरमा ९ विकेटकाे क्षतिमा एक सय ५० रनकाे लक्ष्य पुरा गर्दै जित हासिल गर्याे ।

युसिसिका तर्फबाट सर्वाधिक कप्तान मुर्तजा हवारीले ४ ओभरमा ४ विकेट र सुरज पटेलले ४ ओभरमा २ विकेट लिएका थिए । उक्त खेलकाे म्यान अफ द म्याच युसिसिका रासिद खान ५४ रन नटआउट र एक विकेटकाे सहायताले घोषित भएकाे युसिसिका सदस्य राजुल हवारीले वताए ।

प्रदेश २ का भाैतिक पूर्वधार तथा याेजना मन्त्री जितेन्द्र साेनलले विजेता र उपविजेता टिमालाई पुरस्कार राशी सहित टफीले पुरस्कृत गरे । प्रसाैनी क्रिकेट क्लबकाे आयाेजनामा भएकाे टि २० नक आउट कपमा ८ वटा टिमले भाग लिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...