Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

पकहा मैनपुरमा छाेरी शिक्षा बीमा शिविर सम्पन्न, एक सय ६२ जनाकाे बीमा

spot_img
spot_img

पर्सा । पर्साको पकहा मैनपुर गाउँपालिकामा आज भएकाे मुख्यमंत्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतकाे छोरी शिक्षा बिमा शिविरमा एक सय ६२ जनाको बीमा भएकाे छ ।

श्री रामचरित्र भगत उच्च मा.वि. पकहा मैनपुरमा भएकाे शिविरकाे उद्घाटन प्रदेश नम्बर २ का मुख्यमंत्री लालबाबु राउत गद्दीले बीमा गराउन आएका छोरीहरुलाई आफ्नो काखमा ली शुभारम्भ गरेका थिए । उदघाटन समारोहलाई सम्बाेधन गर्दै मुख्यमंत्री गद्दीले शिविर स्थल श्री रामचरित्र भगत उच्च माविमा प्रबिधीक शिक्षा ओभरसियरको अब पढाई हुने बताए ।

सोही गाउँपालिकामा रहेको मधुबनी पोखरीलाई सौन्दर्यकरण गर्नकाे लागी आर्थिक बर्ष २०७७।०७८ को बजेटमा राख्ने घोषणा समेत गरे । पर्सा जिल्ला निवासी मुख्यमन्त्री गद्दीले महिला समृद्ध भए हाम्राे समाज नै समृद्ध हुने बताए । उनले हाम्राे समाजमा भ्रुण हत्या गर्नै प्रथालाई छोरी बिमा कार्यक्रमले अन्त गर्ने दाबी गरे ।

उनले प्रदेश २ मा जुनसुकै निकायमा अब चाहे निजामती होस या लोकसेवामा महिलाको लागि ५० प्रतिशत सिट सुरक्षित राख्ने निती आएको बताए । प्रदेश नम्बर २ मा संघिय सरकारको सपोर्टको खाचो रहेकोले आशावादी पनि रहेको उनले कटाछ गरे ।

कार्यक्रममा पकहामैनपुर गाउँपालिकामा जन्मने प्रत्येक छोरीले ६ लाख पाउने भएको गाउँपालिका अध्यक्ष बिजय चौरसियाले घोषणा गरे ।

कार्यक्रममा क्षेत्र नम्बर ३ का निलम्वित सांसद हरिनारायण रौनियार, प्रदेश सांसद प्रल्लाहद गिरी, मंजुर अंसारी, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहम्मद, पकहामैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुसुमी देवी, वडाका वडाअध्यक्षहरु, कार्यक्रमका संयोजक आमोद यादव, सह संयोजक चन्द्रिका सहनी लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...