Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026

पकहा मैनपुरमा छाेरी शिक्षा बीमा शिविर सम्पन्न, एक सय ६२ जनाकाे बीमा

spot_img
spot_img

पर्सा । पर्साको पकहा मैनपुर गाउँपालिकामा आज भएकाे मुख्यमंत्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतकाे छोरी शिक्षा बिमा शिविरमा एक सय ६२ जनाको बीमा भएकाे छ ।

श्री रामचरित्र भगत उच्च मा.वि. पकहा मैनपुरमा भएकाे शिविरकाे उद्घाटन प्रदेश नम्बर २ का मुख्यमंत्री लालबाबु राउत गद्दीले बीमा गराउन आएका छोरीहरुलाई आफ्नो काखमा ली शुभारम्भ गरेका थिए । उदघाटन समारोहलाई सम्बाेधन गर्दै मुख्यमंत्री गद्दीले शिविर स्थल श्री रामचरित्र भगत उच्च माविमा प्रबिधीक शिक्षा ओभरसियरको अब पढाई हुने बताए ।

सोही गाउँपालिकामा रहेको मधुबनी पोखरीलाई सौन्दर्यकरण गर्नकाे लागी आर्थिक बर्ष २०७७।०७८ को बजेटमा राख्ने घोषणा समेत गरे । पर्सा जिल्ला निवासी मुख्यमन्त्री गद्दीले महिला समृद्ध भए हाम्राे समाज नै समृद्ध हुने बताए । उनले हाम्राे समाजमा भ्रुण हत्या गर्नै प्रथालाई छोरी बिमा कार्यक्रमले अन्त गर्ने दाबी गरे ।

उनले प्रदेश २ मा जुनसुकै निकायमा अब चाहे निजामती होस या लोकसेवामा महिलाको लागि ५० प्रतिशत सिट सुरक्षित राख्ने निती आएको बताए । प्रदेश नम्बर २ मा संघिय सरकारको सपोर्टको खाचो रहेकोले आशावादी पनि रहेको उनले कटाछ गरे ।

कार्यक्रममा पकहामैनपुर गाउँपालिकामा जन्मने प्रत्येक छोरीले ६ लाख पाउने भएको गाउँपालिका अध्यक्ष बिजय चौरसियाले घोषणा गरे ।

कार्यक्रममा क्षेत्र नम्बर ३ का निलम्वित सांसद हरिनारायण रौनियार, प्रदेश सांसद प्रल्लाहद गिरी, मंजुर अंसारी, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहम्मद, पकहामैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुसुमी देवी, वडाका वडाअध्यक्षहरु, कार्यक्रमका संयोजक आमोद यादव, सह संयोजक चन्द्रिका सहनी लगायतको सहभागीता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...

वीरगंजमा सशस्त्र प्रहरीद्वारा तीनदिने विपद् स्वयंसेवक तालिम सम्पन्न

वीरगंज । मनसुनजन्य विपद् तथा अन्य प्राकृतिक एवं मानवजन्य प्रकोपलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले सञ्चालन गरेको तीनदिने...

अब वीरगंजमै एथरका स्मार्ट इलेक्ट्रिक स्कुटर, नयाँ शोरुम सञ्चालनमा

वीरगंज । नेपालका अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपालले वीरगञ्जको आदर्शनगरमा नयाँ एथर एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा सञ्चालनमा...