Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

मैत्रीपूर्ण फुटबलमा बैंकर्स एशोसियसन विजयी

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जमा जारी प्रथम गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा बैंकर्स एशोसियसन विजयी भएको छ ।

आदर्शनगर रंगशालामा भएको खेलमा बैंकर्स एशोसियसनले आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्सालाइ ३–० गोलले पराजित गरेको हो ।

पहिलो हाफमा २–० ले अग्रता लिएको बैंकर्स एशोसियसनले दोश्रो हाफमा थप १ गोल गरेर ३–० को नतीजा सहित जित हात पारेको हो ।

बैंकर्स एशोसियसनका लागि विशाल श्रेष्ठले २ र सन्तोष साहले १ गोल गरेका हुन् ।

गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि शनिवार हुने फाइनल खेलको पूर्व सन्ध्यामा शुक्रबार बैंकर्स एशोसियसन र आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्सा बिच मैत्रीपूर्ण खेल भएको हो ।

शनिवार हुने फाइनल खेलमा बारा र सप्तरी बिच भिडन्त हुनेछ । आदर्शनगर रंगशालामा फाइनल खेल शनिवार दिउँसो १ बजे देखि शुरु हुनेछ । सेमीफाइनलमा बाराले धनुषालाइ र सप्तरीले महोत्तरीलाइ पराजित गर्दै उपाधी भिडन्तमा भेट पक्का गरेका हुन् ।

शनिवार प्रतियोगिताको समापन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत , काँग्रेस नेता एंव संविधानसभा सदस्य सभासद शोभाकर पराजुली लगायतका विशिष्ट व्याक्तिहरुको पनि उपस्थिती रहने आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनले जानकारी दिए ।

माघ १८ गते देखि शुरु भएको प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्ला फुटबल संघका टिमले भाग लिएका थिए ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद सहितकप र मेडल दिनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...