Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जिपि कोईराला गोल्ड कप : बारा फाइनलमा प्रबेश

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा बारा जिल्ला फुटबल संघ प्रवेश गरेको छ ।

वीरगञ्जमा शनिबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत धनुषालाई ४–१ गोलको अन्तरले हराएर बारा जिल्ला फुटबल संघ विजयी भएको हो । जि पी कोइराला फाउन्डेसन पर्साद्वारा जारी जी पी कोईराला प्रदेश स्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिताको आज दाश्रो सेमिफाइनमा बाराले जित हासिल गरेको हो ।

बीरगञ्जको आदर्शनगर स्थित रङगशालामा बारा र धनुषा बिच भएको खेलमा दुबै टिमले निर्धारित समयमा गोल हुन नसकेपछि अन्तमा टाईब्रेकरमा गेम पुगेको थियो । टाईब्रेकर सुटमा बाराले ४ गोल र धनुषाले १ गोल गरेका थिए । धनुषाले टाईब्रकरमा गोल गर्न नसकेपछि गेम बाराको हातमा पुगेको थियो ।

खेलको म्यान अफ द म्याच बाराका गोल किपर जयराम चौधरी घोषित भएका थिए । शनिबार बारा र सप्तरी बिच फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद सहित कप र मेडल पाउने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...